इटहरी : सुनसरीको इटहरीमा डेङ्गु रोग नियन्त्रण गर्न तरुण दल सुनसरीका युवाहरूले ‘खोजी र नष्ट अभियान’ सुरु गरेका छन् । इटहरीमा डेङ्गुको वासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायलाई नै सक्रिय बनाएर रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्दै तरुण दल सुनसरी सक्रिय भएको हो ।

डेङ्गु रोग सार्ने लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले बताउनु भयो । गुरुङले इटहरी-१९ बाट सुरु गरेको अभियान वडाहरूमा गरिने बताए । इटहरी-९ मा पनि युवाहरू परिचालन गरेर अभियान सुरु गरेका छौ गुरुङले भने ।

इटहरीमा पछिल्लो समय डेङ्गु सङ्क्रमण बढ्दै गएको भन्दै साझको समयमा लार्भा खोजेर मार्ने अभियानमा लागि परेको तरुण दल सुनसरीका अध्यक्ष तथा सामाजिक अभियानता गुरुङको भनाई थियो ।