धरान : तेस्रो सुवास राई स्मृति सुपर-८ फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा धरान १४ टाइब्रेकरबाट फाइनलमा प्रवेश गरेको छ ।

आज शुक्रवार भएको अन्तिम सेमिफाइनल खेलमा धरान ११ लाई टाइब्रेकरमा ४-२ गोलले पराजित गर्दै धरान १४ फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ८० मिनेटको खेलमा धरान १४ धरान ११ बिचको खेलमा दुवै टिमबाट २-२ गोलको बराबरीमा रहेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा धरान १४ का ईपशन राई, अमोश लिम्बू, बिबिन श्रेष्ठ, विनोद राईले गोल गरे ।

धरान ११ का बिक्कु राई, अनिल राईले गोल गरे भने अभिनाश जिमी र धिरेन सुब्बाले प्रहार आउट भएको थियो ।

खेलको म्यान अफ दि म्याच धरान १४ का राजीव खड्का घोषित भए । उनले नगद २ हजार सहित जिएफएक्स फुडको ५ सयको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

प्रतियोगिताको विजेता टिमले २ लाख ५५५ र उपविजेताले १ लाख ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।