धरान : तापक्रम बढेर अत्यधिक गर्मीको जोखिमबाट बालबालिका विद्यार्थीलाई राहत दिन धरानका विद्यालयहरू आज र भोली २ दिन बिदा गरिएको छ ।

धरान उपमहानगरपालिका शिक्षा, युवा महाशाखाले सबै विद्यालयहरू २ दिन सम्मलाई बिदा दिने परिपत्र गरेपछि स्कुलहरू आज देखी बन्द भएका छन् ।

शिक्षा महाशाखा प्रमुख गणेश प्रसाद खतिवडाले बुधवार सूचना जारी गर्दै उपमहानगरपालिका भित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ १७ बिहीबार र १८ गते शुक्रवार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

महाशाखा प्रमुख खतिवडाले कक्षा ११ को परीक्षा भने बिहानको समयमा सञ्चालन गर्न निर्देशन दिइएको बताए ।

Dharan upamahanagar palika