धरान : धरानका टेम्पु चालक वडा १६ का २० वर्षीय अर्जुन राई, टेम्पुमा सवार २० वर्षीय प्रवीण राई र १७ वर्षीय अञ्जना तामाङलाई आइतबार सुनसरीको देवानगञ्जमा गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई टेम्पु नं. को १ ह २०५२ मा २८ किलो ३ ग्राम गाँजा लिएर जाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

देवानगञ्ज गाउँपालिका वडा ६ मा सिनवारी अस्थायी प्रहरी चौकीको टोलीले टेम्पु रोकेर चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएको हो ।