धरान : सानिमा बैङ्कका सेवाग्राही, ग्राहक तथा कर्मचारीहरूले धरानको विजयपुर हस्पिटलमा उपचार सेवामा १५ प्रतिशत सम्म छुट सुविधा पाउने भएका छन् ।

गत जेठ ३२ गते शुक्रवार सानिमा बैङ्क र हस्पिटलबिच छुट सेवाको निम्ति सम्झौता भएको हो । सम्झौता पत्रमा हस्ताक्षर गर्दै अस्पतालको तर्फबाट अध्यक्ष डा.पङ्कज खतिवडाले विजयपुर हस्पिटलले बैङ्कका कर्मचारी तथा ग्राहकहरूको लागि उपचार सेवामा १५ प्रतिशत सम्म छुट दिइने जानकारी दिए ।

बिरामी भर्ना तथा बेड चार्जमा १५ प्रतिशत, अप्रेशनमा ५ प्रतिशत, ल्याब जाँचमा १० प्रतिशत र औषधी खरिदमा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको सानिमा बैङ्कका रिलेसनसिप मेनेजर मदन खनालले जानकारी दिए ।

सम्झौता अनुसार आर्थिक कारोबार गर्दा मोबाइल बैङ्किङ, डिजिटल बैङ्किङ, डेबिट, क्रेडिट कार्ड, क्युआरबाट गर्नुपर्ने खनालले जानकारी दिए ।