इटहरी : १८ औ वार्षिक उत्सवका अवसरमा सानिमा बैक बेलबारी शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार बेलबारी स्थित शाखा कार्यालयको परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । 
नेपाल रेडक्रस सोसाइटी उपशाखा विराटनगर सँगको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा ४१ पिन्ट रगत सङ्कलन भएको बैङ्कका शाखा प्रमुख वसन्त चापागाँइले जानकारी दिए । १८ औ वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको चापागाँइले बताए ।
बैङ्कले वार्षिक उत्सवका अवसरमा सामाजिक उत्तर दायित्व अन्तर्गत देशैभरका शाखा कार्यालय रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिएको छ ।
sanima-belbari-2