इटहरी : युवा उद्यमी मञ्च (एनवाइइएफ) सुनसरीले आयोजना गरेको अन्तर कलेज बिजनेस आइडिया प्रतियोगिताको उपाधि विश्व आदर्श कलेजले हात पारेको छ ।

इटहरीको बरण्डा होटेलमा सम्पन्न प्रतियोगितामा विश्व आदर्श कलेजले अवार्ड हात पारेको हो । 

६ कलेजको सहभागिता रहेको प्रतियोगिताका उपविजेता भने घोषणा गरिएको छैन । विजयी विश्व आदर्शले १ लाख नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

उद्योगी शिवप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न उद्योगी तथा व्यवसायीले सहभागिता जनाएका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै घिमिरेले यस्ता प्रतियोगिताबाट आएका आइडियाले युवाहरूलाई उद्यमी बनाउने बताए ।

उद्यमी मञ्च सुनसरी अध्यक्ष चन्द्र देवकोटाले युवाहरूमा स्वरोजगार र उद्यमीको भावना विकास गराउन प्रतियोगिता गरेको जानकारी दिए ।

विद्यार्थीको आइडिया लगानीकर्ता सम्म पुर्‍याउने र रचनात्मक बिजनेस सुरुवात गर्ने उद्देश्य राखिएको उनले बताए ।

प्रतियोगितामा विश्व आदर्श सहित कस्तुरी, कोशी, सुष्मा, ग्रीनपिस लिङ्कन र इटहरी इन्टरनेसनल कलेजले सहभागिता जनाएका थिए ।