धरान : धरानमा बजाजको एन १५० मोटरसाइकल अर्बिन एण्ड ब्रदर्श अटोले आज शुक्रवार सार्वजनिक गर्दै विक्री वितरण सुरु भएको जनाएको छ । यसको मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ रहेका छ ।
बजाज मोटरसाइकलको लागि धरानको आधिकारिक बिक्रेता अर्बिन एण्ड ब्रदर्शको धरान-८ भोटेपुल स्थित शोरुममा उक्त मोटरसाइकल विक्री भइरहेको छ । मोटर साइकल भारतमा पोहोर नै बजारमा आएको हो ।
अटो ग्रुपका डाइरेक्टर अर्विन तामाङले स्पोर्टी मोटरसाइकल दैनिक प्रयोग र पावर पर्फर्मेन्स दुवैका लागि उपयुक्त रहेको बताए । उनले बजाज पल्सर एन १५० नेपालका बजाज प्रेमीलाई नयाँ उपहार भएको बताए ।
पल्सर एन १५० मा आकर्षक फिचर ब्लुटुथ कनेक्टिभिटी सहितको कल तथा एसएमएस अलर्ट रहेको छ । बाइकमा रहेको युएसबी चार्जिङ पोर्ट, फ्युलइन्जेक्सन सिस्टम र बिएस ६ ले झनै इफिसियन्टको सुविधा दिने कम्पनीले जनाएको छ ।
बाइक एरोडायनामिक थ्रीडी फ्रन्ट सहितको स्लीक डिजाइनमा उपलब्ध छ । यसको मस्कुलर डायनामिक ट्याङ्की, पातलो वेस्ट भाग र सिङ्गल फ्याट सिटले लुकलाई आकर्षक बनाएको छ ।
शक्तिशाली र स्मूथ १४९ दशमलव ६८ सीसी इन्जिन रहेको पल्सर एन १५० ले १४५ पीएस पावर र १३ दशमलव ५ एनएम टर्क उत्पन्न गर्छ । यसले ४८ किमीको माइलेज दिने कम्पनीले जनाएको छ ।
सुरक्षित राइडलाई लक्षित गर्दै पल्सर एन १५० मा एलइडी प्रोजेक्टर टेलल्याम्प र १७ इन्चको ट्युबलेस अलोय ह्वील पनि राखिएको छ । सुरक्षालाई झनै बलियो बनाउन यसमा सिङ्गल च्यानल एबिएस पनि समावेश गरिएको छ ।
१४५ केजीको कर्ब वेट भएको पल्सर एन १५० चलाउन निकै आरामदायी हुनेछ । यसमा रहेको १४ लिटरको फिउल ट्याङ्कीले बारम्बार पेट्रोल भर्नुपर्ने समस्याबाट पनि छुटकारा दिनेछ ।
बाइकको ब्रेकिङ सिस्टममा २६० एमएम फ्रन्ट डिस्क ब्रेक र १३० एमएम रियर ड्रम ब्रेक समावेश रहेको छ । बजाज एन १५० मा डिजिटल स्पीडोमिटर, ट्याकोमिटर, ट्रिप मिटर र ओडोमिटर सहित धेरै एडभान्स फिचरहरू छन् ।
यसमा युएसबी चार्जिङ सहित घडी र डिस्ट्यान्स-टु-एम्प्टी इन्डीकेटकर पनि छ । साथै बाइकमा ‘क्याट’ नोटीफिकेसन र हाइड कनेक्ट एप पनि छ । बाइकमा सिङ्गल ट्युब्युलर ह्यान्डल र प्यासेन्जर फुटरेस्टको सुविधा पनि छ ।
Bajaj-N150bajaj-N150-3