धरान : 'छुपुमा छुपु हिलोमा धान रोपेर छाडौला, बनाई कुलो लगाई पानी आएर गोडौला' भन्ने भनाइलाई चरितार्थ गर्दै सहभागी कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा १० औँ धरान रोपाई महोत्सव मनाइएको छ ।

रोपाई महोत्सवमा पानबारीमा परम्परागत रूपमा उत्पादन हुँदै आएको मनसुली धानलाई ब्राण्डेड गरिने उद्घोष गरिएको छ ।

राष्ट्रिय धान दिवसमा शनिवार धरान ५ खैरेनीमा आयोजित धरान रोपाई महोत्सवमा उक्त घोषणा गरिएको हो । अहिले चामल बजारमा ब्राण्डको रूपमा रहेको पानबारी मनसुली चामल लोपोन्मुख अवस्थामा पुगेको छ ।

यसै कारण पानवारी मनसुली चामललाई ब्राण्डको रूपमा स्थापित गर्न रोपाई महोत्सव आयोजना गरिएको कृषि सहकारी अध्यक्ष झुमा राईले बताइन । उनले भनिन ‘आज मात्र १८ कट्ठा धान रोपिएको छ ।’ अझै थप एरियामा पानवारी मनसुली धान रोपिने उनले बताइन् । 

उनका अनुसार धरान ४, ५ र ६ नंं. वडालाई मनसुली धानको क्षेत्र बनाउँदै कार्य गरिएको र निकट भविष्यमा थप एरियालाई कार्यक्षेत्र बनाउने योजना रहेको छ ।

कोशी प्रदेश सभा सदस्य रमेश बस्नेतले उद्घाटन गरेको रोपाई महोत्सवमा हिले दौड, हिले रस्सी दौड, माछा समात्ने प्रतियोगिता आयोजना गरिएका थियो ।

कृषिप्रधान देश नेपालमा २१औँ पटक धान दिवस मनाइँदै आएको छ । धरानको पानाबारीमा कृषि सहकारीको आयोजनामा १० वर्ष अघि देखि रोपाई दिवस मनाइँदै आएको अध्यक्ष राईले बताइन् ।

Dharan Ropai KapuriNews (3)Dharan Ropai KapuriNews (5)Dharan Ropai KapuriNews (6)Dharan Ropai KapuriNews (4)Dharan Ropai KapuriNews (2)Dharan Ropai KapuriNews (1)