धरान : भारतीय राजदूतावास, पेन्शन वितरण कार्यालय धरानको आयोजनामा कोशी प्रदेश अन्तर भूपू सैनिक ब्याडमिन्टन प्रतियोगिता मङ्गलवार देखी सुरु भएको छ । वार्षिक रूपमा आयोजना हुँदै आएको यो छैठौ प्रतियोगिता हो ।

प्रतियोगिताको उद्घाटन  भारतीय राजदूतावास, रक्षा सहचरी, कर्नल वी सुब्रमणीयमले गरेका छन् । प्रतियोगितामा झापाबाट बिर्तामोड, दुधे, दमक, भद्रपुर टिम छन् ।

तेह्रथुम, मोरङको पथरी शनिश्चरे, लक्ष्मीमार्ग, उर्लाबारी, बेलबारी, सुनसरीको धरान, झुम्का, इटहरी, आईपिपिओ धरान, उदयपुर, इलाम, शान्त मार्ग र पूर्वाञ्चल भूपू, युनाईटेड एक्स सर्भिसमेन इटहरी, धनकुटा सहित कुल ११० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता महिला र पुरुष गरी ३ क्याटोगारी हुनेछ । प्रतियोगिता उमेर समूहमा अन्डर ५०, ५१ देखी ६० उमेर समूह, अन्डर ६१ बिच प्रतिस्पर्धा हुनेछ ।

समापन साउन २५ गते हुनेछ । प्रतियोगिताको विजेता र उपबिजेतालाई अगस्त १५ भारतीय स्वतन्त्रता दिवसको दिन नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

कार्यक्रममा पेन्सन कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनोजियाले ब्याडमिन्टन प्रतियोगितामा पूर्वाञ्चलवासी भारतीय भूतपूर्व सैनिक, तिनका आश्रित तथा छोराछोरीको स्वास्थ्य सचेतना अभिवृद्धिका लागि गरिदैं आएको बताए ।

india-Pension-office