इटहरी : इटहरीमा अत्याधुनिक मर्मत उपकरण सहितको दर्शन मोबाइल सेन्टर सञ्चालनमा आएको छ । उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश उपाध्यक्ष भीम बहादुर पौडेलले बुधवार मोबाइल सेन्टर उद्घाटन गरेका हुन् ।

मोबाइल सेन्टरमा उपलब्ध अत्याधुनिक मेसिन र उपकरणले इटहरीमा सबै खाले मोबाइल मर्मत हुने भएको छ । उद्घाटनको अवसरमा टेम्पर ग्लास निःशुल्क फेर्ने अवसर सार्वजनिक भएको छ । साउन ३० गते देखि एक महिनासम्म पसल भ्रमण गर्ने ग्राहकलाई एयर वड र नेक ब्यान्ड पनि निःशुल्क उपहार दिने योजना ल्याएको हो ।

आज देखि २ हजार जनालाई कुनै सामान खरिद नगरे पनि टेप्पर ग्लास फेरिने सञ्चालक सहदेव खड्काले बताए । उनका अनुसार सुरुमा १ सय जनालाई म्याक ब्यान्ड र ५० जनालाई निःशुल्क एयर बड उपलब्ध गराइने भएको छ ।

पसल भ्रमण गर्ने जो कोहीले पनि लक्की ड्रमा सहभागी हुन पाउने व्यवस्था मिलाइएको खड्काले जानकारी दिए । लक्की ड्र मार्फत स्कुटर उपहार प्रदान गर्न लागिएको उनको भनाइ छ ।

अर्का सञ्चालक रामचन्द्र खड्काले अत्याधुनिक ल्याब र उच्च प्रविधि प्रयोग गरेर मोबाइल मर्मतको व्यवस्था मिलाइएको बताए । मोबाइल एक्सचेन्ज अफर मार्फत आइफोन लगायत सम्पूर्ण कम्पनीका फोन एक्सचेन्ज गरिने उनको भनाइ छ ।

पसलको उद्घाटन गर्दै महासङ्घ उपाध्यक्ष पौडेलले युवा व्यावसायिकहरूको ऊर्जा र मेहनतले इटहरीको बजार थप चलायमान हुने विश्वास व्यक्त गरे ।

लामो समय देखी सुस्त रहेको बजार बिस्तारै बढ्न थालेको बताउँदै उनले युवाहरूमा व्यावसायिक सोच हुनु सकारात्मक भएको बताए ।