धरान : उदयपुरको लिम्चुङबुङ गाउँपालिकाकी २० वर्षिया राजमिका राई, इटहरी-१७ का २० वर्षीय अब्बास मियाँ र २८ वर्षीय मोहम्मद सफरुद्धिनलाई प्रहरीले मङ्गलवार लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले उनीहरूलाई कोसी गाउँपालिका-१ बाट पक्राउ गरेको हो । उनीहरूको साथबाट १ ग्राम ब्राउनसुगर फेला परेको छ ।

यसैगरी बेलका नगरपालिका-९ का २४ वर्षीय प्रवीण राई र बेलका-७ का २१ वर्षीय रोशन राईलाई प्रहरीले गाँजा सहित पक्राउ गरेको छ ।प्रदेश २-०१-००३ प ७०७० नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको ८ केजी गाँजा सहित उनीहरूलाई बेलका-१ बाट प्रहरी चौकी भागलपुरको प्रहरी टोलीले पक्राउ गरेको हो ।