धरान : नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य, फेरिका व्यवसायी सङ्गीता वाहिङ राईले अपाङ्गता भएका तथा असहायका पूनःस्थापना केन्द्रमा शुक्रवार केक कटेर जन्मदिन मनाएकी छन् ।

सामाजिक कार्य गरेर जन्मदिन मनाउने इच्छाले उनलाई पूनःस्थापना केन्द्रमा पुर्‍याएको उनले बताइन् । सङ्गीताले भनिन् ‘जन्मदिनमा हुने फजुल खर्च कटाएर असहाय, अपाङ्गता भएकाहरूलाई खाना खुवाएर जन्मदिन मनाएँ ।’

धरान-१ छाताचोक स्थित पुनर्स्थापना गृहलाई खाद्यान्न सहयोग गरी साँझको खाना खुवाउँदै उनले जन्मदिन मनाएकी हुन । खाना अघि पुनर्स्थापना आश्रितहरूका बिच केक काटेर उनले सबैलाई केक पनि खुवाइन् ।

गृहका सञ्चालक भीम राईका अनुसार हाल संस्थामा हाल २८ जनाको परिवार छ । उनले युवाहरू होटेलमा जन्मदिन मनाएर लाखौँ खर्च गर्छन् तर, आवश्यक सहयोग प्रदान गरेर सङ्गीता राईले समाजप्रतिको जिम्मेवारीको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी बताए ।

sangita-bahing-2