धरान : पहिलो पटक धरानमा आयोजित राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि मेन्स डबल त्रिभुवन आर्मीका हिमाल चन्द र भोजपुरका विशाल तामाङको जोडिले चुमेको छ ।

धरान ब्याडमिन्टन क्लबको आयोजनामा धरान-१३ अमर सेवा समाजको हलमा २ दिन चलेको प्रतियोगिताको फाइनल प्रतिस्पर्धा शनिवार अबेर रात समापन भएको हो ।

फाइनल खेलमा एपीएफका क्षितिज खनाल र देवराज रमनाको जोडीलाई पछि पार्दै हिमाल र विशालको जोडीले उपाधि जितेको हुन । विजेताको उपाधिसँगै हिमाल र विशालको जोडिले नगद १ लाख १५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

उपबिजेता एपीएफका क्षितिज खनाल र देवराज रमनाको जोडीले नगद ५५ हजार प्राप्त गरे । तेस्रो स्थान सुनिलजङ कार्की र महेश खड्का/डेभिड थापा मगर र हिमान्सु मगर भए । उनीहरूले नगद १५/१५ हजार प्राप्त गरे ।

फाइनलमा भेट्रान्स ४५ प्लसको विजेता तनहुँका देववहादुर गुरुङ र कास्कीका शम्भु श्रेष्ठको जोडी प्रथम भयो । उनीहरूले नगद ६५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

उपबिजेता उत्तम सिम्खडा र श्रावण चौधरीले नगद ३३ हजार प्राप्त गरे । तेस्रो स्थान भजनलाल चौधरि र सन्तोष कटुवाल/धनबहादुर लिम्बु र राम योन्जनले नगद १०/१० हजार प्राप्त गरे ।

सुपर भेट्रान्स ५५ प्लसको विजेता उत्तम सिम्खडा र सञ्जय भक्तराज भए । उनीहरूले नगद ६५ हजार प्राप्त गरे । उपबिजेता श्री प्रसाद धिमाल र राजु महर्जनले नगद ३३ हजार प्राप्त गरे । तेस्रो स्थान सुदिप योन्जन र दिलबहादुर कन्दङवा/दर्शन भक्तराज र कोमल शाक्यले नगद १०/१० हजार प्राप्त गरे ।

मिक्स डबलको विजेता विशाल खड्का र रसिला महर्जन भए । उनीहरूले नगद ६५ हजार प्राप्त गरे । उपबिजेता सूर्य श्रेष्ठ र रोजी राईले नगद ३३ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । तेस्रो स्थान दीपक घिमिरे र अमिता गिरि, राम राई र निसम सुब्बाले नगद १०/१० हजार प्राप्त गरे ।

महिला डबलको उपाधि अमिता गिरि र रसिला महर्जनले प्राप्त गरे । उनीहरूले नगद ६५ हजार प्राप्त गरे । उपबिजेता अन्जना राई र नबिना राईले नगद ३३ हजार प्राप्त गरे । तेस्रो स्थान योगिता लिम्बु र निसम सुब्बा, रोजी राई र सृष्टि राईले नगद १०/१० हजार प्राप्त गरे ।

प्रतियोगितामा सुरक्षा निकायका ३ विभागीय टिम सहित नेपालको ७७ जिल्लाका १२४ टिमबाट ५०० जना खेलाडी सहभागी थिए । प्रतियोगितामा खुल्ला मेन्स डबल २९ टिम, खुल्ला महिला डबल ९ टिम, मिक्स डबल ३० टिम, भेट्रान डबल ४५ प्लसका ३३ टिम, भेट्रान डबल ५५ प्लस २४ टिम बिच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिता खेल संयोजक क्लबका अध्यक्ष टङ्कबहादुर लिम्बुको अध्यक्षतामा भएको थियो ।

national--game-dharan-2