धरान : उपप्रमुख अइन्द्रविक्रम बेघा नियमित कार्यालयमा हुँदा हुँदै नगर प्रमुख हर्क साम्पाङले कार्यवाहकको जिम्मेवारी नदिनुको कारण कार्यवाहकको अधिकार खोस्ने नियत रहेको धरान वडा १५ का अध्यक्ष नरेश इङवारमले बताएका छन् ।

वडाध्यक्ष ईवरामले भने ‘मेयर हर्के साम्पाङको अधिकार प्रत्यायोजन को त काम नै छैन, यो हर्क राजको नियम मात्र हो ।’ हर्क राजको नियम जे पनि हुने चल्नु पर्छ र ? प्रश्न गर्दै उनले उनी अरू देशको होइन नेपालकै नगर प्रमुख हो भन्ने भन्ने हेक्का हुनु पर्ने बताए ।

अध्यक्ष इङवारमका अनुसार स्थानीय सरकार सञ्चालन ऐन विधि र कानुनमा अनुसार चल्नु पर्छ हर्कराज चल्दैन । विशेष परिस्थिति आई परे सङ्घीय सांसद, प्रदेश सांसद, सुरक्षा निकाय प्रमुख समेत राखेर कार्यपालिका बैठक गराउनु पर्ने अवस्था हुने उनले बताए । 

अध्यक्ष नरेश ईवरामले सङ्घीय गणतान्त्रिक मूल्य मान्यता विपरीत २०७४ असोज २९ गते स्थानीय सरकार सञ्चालन ऐन किटान स्थानीय सरकार सञ्चालन ऐन दफा १६ ,उपदफा ४ क को १२ विपरीत नगर प्रमुख साम्पाङले कार्य गरेको बताए ।

उनले आफू स्वर्गीय तार सुब्बा नगर प्रमुख हुँदा र कार्यवाहक उपप्रमुख मञ्जु भण्डारीहुदा ३४ पटक कार्यवाहक प्रमुख भएको बताउँदै भने ‘तर यसरी अधिकार प्रत्यायोजन भएन, यो कस्तो खालको अधिकार प्रत्यायोजन हो ? कुन विधिबाट कार्यवाहक तोकेको हो ? उनले प्रश्न गरे ।

साँघुरो घेरा भित्र कार्यवाहक जिम्मेवारी नहुने बताउँदै उनले सीमा घेरा तोकेर आर्थिक अधिकारको अङ्क तोक्न नमिल्ने बताए । धरानमा सङ्कटको अवस्था आइपरेमा पनि कार्यपालिका बैठक बोलाउन नपाउने ठुलो घटना परिघटना आई परे नगर प्रमुख छैन भनेर स्थानीय सरकार तमासे भएर बस्ने ? प्रमुख साम्पाङको नियतप्रति उनले थप प्रश्न गरे ।

उनले भने ‘कार्यवाहक प्रमुखको जिम्मेवारी दिने पत्र उनको साँघुरो व्यक्तिगत मनोवृत्ति मात्र हो ।’ त्यस्तो जिम्मेवारी नभई कार्यकक्षको हेरालुुको मात्र होला भन्न उनको भनाई छ ।

धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख वडा ११ का अध्यक्ष लोकेन्द्र फागोले प्रमुख हर्क साम्पाङले उनको कार्यकक्ष रुङ्न मात्र आफूलाई कार्यवाहकको जिम्मेवारी दिएको जस्तो लागेको बताएको बेला अर्का वडाध्यक्ष इङवारमले प्रमुख साम्पाङले कार्यवाहक अधिकार खोसेको बताएका हुन ।