धरान : सुनसरीका विभिन्न स्थानमा एकै दिन भएका १० सवारी दुर्घटना एक जनाको मृत्यु भएको ५ भने सोह्र जना घाइते भएका छन् ।
सुनसरी प्रहरीका अनुसार सोमबार वराहक्षेत्र नगरपालिका-३ नडाहा चोक स्थित मदन भण्डारी लोकमार्गमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने दुर्घटनामा दुई जना घाइते भएका थिए ।
पकलीबाट चतरा तर्फ जाँदै गरेको प्रदेश १-०२-०४३प ६६६२ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा ४५ वर्षीय लोकबहादुर पौडेल गम्भीर घाइते भएका थिए ।
घाइते पौडेललाई उपचार लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । प्रतिष्ठानमा उपचार सम्भव नभएपछि विराट टिचिङ अस्पताल विराटनगर रेफर गरिएको थियो । अस्पताल पुर्याउना साथ चिकित्सकले पौडेललाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका-२ का ४० वर्षीय राजन धमला पनि घाइते भएका थिए । सोही मोटरसाइकलमा पछाडि बसेकी निजकै छोरी २० वर्षीय वन्दना धमलाको सामान्य घाइते भएकी छन् । उनीहरूको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि सोमबार नै इटहरी उपमहानगरपालिका-१२ खनार बजार स्थित कोसी लोकमार्गमा इटहरीबाट दुहबी तर्फ जाँदै गरेको प्र-१-०२-०४० प ३४८३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते ४२ वर्षीय कृष्ण सरदार घाइते भएका छन् । पैदल यात्री सरदारलाई बाटो काट्ने क्रममा ठक्कर दिँदा सामान्य घाइते भएका हुन् ।
मोटरसाइकल चालक बर्जू-१ का ३३ वर्षीय मेघराज गुरुङकै श्रीमती ३२ वर्षीय सरस्वती गुरुङ र छोरी ४ वर्षीय प्रिनिसा गुरुङ पनि सामान्य घाइते भएका हुन् । घाइते सबैको विराट टिचिङ अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिका-६ स्थित पूर्व पश्चिम लोकमार्गमा को १२ प ८२०९ नं. को मोटरसाइकलले प्र-१-०२-०५०प १२६७ नं. को मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा एक जना घाइते भएका छन् । ८२०९ नं. को मोटरसाइकल चालक इटहरीकै ६२ वर्षीय राम कुमार राईको दाहिने खुट्टामा चोक लागेको छ । उनको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
अर्का मोटरसाइकलका चालक भोजपुर षडानन्द-७ का ३० वर्षीय विकास बराइली इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको नियन्त्रण छन् ।
वराहक्षेत्र नगरपालिका-७ साकेला थान स्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा एक जना घाइते भएका छन् । चक्रघट्टीबाट सोमबारे तर्फ जाँदै गरेको प्रदेश १-०२-०४६प ९९३० नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेका पैदल यात्री अर्जुन कटुवालको ११ वर्षीय छोरा अस्मिन कटुवाल ठक्कर दिएका थियो ।
घाइते कटुवालको वराहक्षेत्र नगर अस्पतालमा उपचार भइरहेको छ । स्कुटर चालक ३५ वर्षीय रुपा माझी उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
दुहबी नगरपालिका-८ जुट मिल अगाडी कोसी राजमार्गमा दुर्घटना हुँदा मोटरसाइकल चालक घाइते भएका छन् । विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको प्रदेश नम्बर १-०१-०१२ प २८८७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिदा चालक २५ वर्षीय सुमन थापाको घाइते भएका थिए । उनको आर्या न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
हरिनगरा गाउँपालिका ४ हुलाकी राजमार्ग नुनिया टोलमा दुर्घटना हुँदा एक जना घाइते भएका छन् । सुनसरी देवानगंज गाउँपालिका ७ हकपराका ३५ वर्षीय अमिलाल उराँवले को १६ प ७०९२ नं. को मोटरसाइकलले हरिनगरा ३ का अशोक मेहताको ३ वर्षीय छोरी आश्रित मेहतालाई ठक्कर दिई घाइते बनाएको थियो । उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
मोटरसाइकल चालक उराँव घाइतेको उपचारमा संलग्न रहेका छन् । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।
इनरुवा नगरपालिका ५ इनरुवा-दुहबी सडक खण्डमा मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । इनरुवाबाट दुहबी तर्फ जाँदै गरेको मधेस प्रदेश-०१-००४ प ४२६२ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको को २६ प ८७२९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटना हुँदा ४२६२ नम्बरको मोटरसाइकल चालक सप्तरी शम्भुनाथ नगरपालिका-७ का २५ वर्षीय नरेश चौधरी घाइते भएका छन् । सोही मोटरसाइकलमा पछाडि सवार ३४ वर्षीय कृपानन्द चौधरीको टाउकोमा चोट लागेको छ । उनीहरूको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
अर्को ८७२९ नम्बरको मोटरसाइकल चालक दुहबी नगरपालिका-६ का ४० वर्षीय सञ्जीव कुमार गुप्ताको जिल्ला अस्पताल सुनसरीमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
गढी गाउँपालिका-३ मझौ स्थित भित्री सडक खण्डमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । छिटाहाबाट औराबनी तर्फ जाँदै गरेको को २९ प २०७ नम्बरको मोटरसाइकल ठक्कर दिँदा ४५ वर्षीय राजकुमारी चौधरी र उनकी ३ वर्षीय नाति विप्लव चौधरी घाइते भएका हुन् ।
उनीहरू दुवै जनाको विराट टिचिङ अस्पताल विराटनगरमा उपचार भइरहेको छ । मोटरसाइकल चालक चालक फरार रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा रहेको छ ।
दुहबी नगरपालिका-७ भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । गरचौकबाट शुक्रबारे तर्फ जाँदै गरेको को ७ प ३८९१ नम्बरको मोटरसाइकल चालक वराहक्षेत्र नगरपालिका-८ चक्रघटीका २१ वर्षीय सुमन उराँव घाइते भएका हुन् ।
मोटरसाइकल पछाडि सवार २० वर्षीय दिनेश उरावको घाइते भएका हुन् । गम्भीर घाइते दुवै जनाको विराट टिचिङ अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
दुहबी नगरपालिका-४ प्र-१-०२-००४९ प ४०२ नम्बरको मोटरसाइकलले कुकुरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मोटरसाइकल चालक दुहबी नगरपालिका-३ फुटानी चोकका २० वर्षीय दिनेश सरदार र पछाडि सवार १८ वर्षीय रोहन मगर घाइते भएका हुन् ।
उनीहरूको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ। कुकुरको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।