धरान : डिपो माध्यमिक विद्यालयद्वारा सञ्चालित नेपालकै पहिलो यु–१२ अन्तर स्कुल फुटबल प्रतियोगिता ललित अम्बर फुटबल कप, दिलकुमार प्लेट च्याम्पियनसिपको १९ संस्करण आउँदो पुष १२ गते देखी हुने भएको छ ।
डिपो स्कुलले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । स्कुलले २०६२ साल देखि प्रतियोगिता सुरु गरेको हो ।
कक्षा-५ सम्मका १२ वर्ष उमेरका विद्यार्थीहरू मात्र सहभागी हुन पाउने खेल संयोजक दिपबहादुर राईले भने ‘डिपो कप कक्षा ५ सम्मका १२ वर्ष मुनीका उमेर समूहका विद्यार्थीहरूले पहिलो संस्थागत फुटबल प्रतियोगिता हो ।’
स्कुल व्यवस्थापन समिति सदस्य सूर्य पन्धाकले साना उमेरका विद्यार्थीहरूलाई खेलप्रति आकर्षित गराउन र उनीहरूमा निहित खेल प्रतिभा उजागर गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।
प्राचार्य राजकुमार राईले सबैभन्दा पहिला नाम दर्ता गर्ने १६ वटा विद्यालयहरूलाई मात्र प्राथमिकताका आधारमा प्रतियोगितामा सहभागी गराइँदै आएको बताए । उनले भने ‘अघिल्ला प्रतियोगितामा सहभागी भए पनि ढिलो आउने स्कुल प्रतियोगितामा सहभागी हुनबाट वञ्चित हुन सक्छन् ।’
प्रतियोगितामा पहिलो खेलमा पराजित हुने विद्यालयले प्लेट च्याम्पियनसिपको लागि प्रतिस्पर्धा गर्नेछन् ।
डिपो कप विजेताले रनिङ शिल्ड सहित नगद ११ हजार १११ रुपैयाँ पुरस्कार ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछ ।
उपविजेताले नगद ७ हजार, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो हुने विद्यालयले नगद ५ हजार १११रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ ।
प्लेट च्याम्पियनसिपमा प्रथम हुने विद्यालयले नगद ३ हजार १११ रुपैयाँ रनिङ शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ । प्लेट रनर अप ले नगद २ हजार१११ रुपैयाँ सहित रनिङ शिल्ड प्रमाणपत्र पाउने भएको छ ।
यसअघि १८ औँ संस्करणमाको विजेता नेपाल प्रहरी स्कुल धरान १४ र उपबिजेता बराह राईजिङ स्टार स्कुल वराहक्षेत्र बनेको थियो भने बिलिभर्स बोर्डिङ स्कुल धरान ५ तेस्रो स्थानमा रहेको थियो । प्लेट च्याम्पियनको उपाधि कार्मेल हाई स्कुल धरान-१८ ले हासिल गरेको थियो । मर्निङ स्टार बोर्डिङ स्कुल वराहक्षेत्र बनेको थियो ।
प्रतियोगिता डिपो स्कुलको खेल मैदानमा हुने प्रतियोगिता सञ्चालन हुने भएको छ भने उक्त प्रतियोगिताका लागि अनुमानित कुल ५ लाख २४ हजार ५४६ रुपैयाँ खर्च हुने जानकारी दिइएको छ ।