धरान : माघ १ गते देखी सुरु हुने येले सम्बत् ५०८५ को अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अनुसार आज भएको बुद्धिचाल प्रतियोगितामा विष्णु लिम्बू प्रथम भएका छन् ।
स्विस लिग अन्तर्गत ७ राउण्डको र्यापिड प्रणालीको खेलमा विजेता लिम्बूले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा प्रज्वल घिमिरे, राजेन्द्र राई, हिमाल राई, सुमेश राई क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ भए । उनीहरूले ३ हजार ५ सय, २ हजार ५ सय, १ हजार ५ सय, र १ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता किरात राई यायोक्खा सुनसरीले आयोजना गरेको हो । पुरस्कार वितरण समारोहका प्रमुख अतिथि केन्द्रीय समिति सदस्य मानभगत चाम्लिङ थिए । सभापतित्व सुनसरी अध्यक्ष राजेन्द्र राईले गरेका थिए ।
सुनसरी बुद्धिचाल सङ्घका अध्यक्ष बलबहादुर तामाङ, बुद्धिचाल सङ्घ प्रदेश-१ का सदस्य राम मादेन तथा आर्बिटर डम्बर राईको उपस्थिति थियो ।
पुस २५ गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पुस २५ छेलो हान्ने, २६ गते रस्सी तान्ने र २७ गते बुद्धिचाल खेल सम्पन्न भइसकेको छ । पुस २८ गते ब्याडमिन्टन, २९ गते यलम्बरको प्रतिमामा दीप प्रज्वलन गरिने छ।
माघ १ गते सुम्निामा पारुहाङ बन्ने स्थल धरान-२० बाट ८५ वटा बेलुन उडाइने कार्यक्रम छ। माघ २ गते महिला फुटसल प्रतियोगिता हुने यायोक्खा सुनसरीले जनाएको छ ।