धरान : पाँचथर मिक्लजुङ–६ स्थित नावाखोलामा जेनरेटर प्रयोग गरी करेन्ट लगाएर माछा मार्दा अचानक करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार मृत्यु हुनेमा मिक्लाजुङ गापा–७ का २० वर्षीय ईसारा थेगिम रहेका छन् । करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेको उनको घटनास्थलमा नै मृत्यु भएको हो । 
इलाका प्रहरी कार्यालय रवि पाँचथरको प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।