धरान: बाँसुरीमा बजाइने नेवारी सांस्कृतिक सङ्गीतको धुन नेवार नयाँ पुस्तामा हस्तान्तरण गर्न धरानमा ४५ दिने बाँसुरी वादन प्रशिक्षण सञ्चालन गरिएको छ । 
नेवारी चाड, पर्वहरूमा बजाइने बाँसुरीको सांस्कृतिक धुन नेवा: संस्कृतिमा महत्त्वपूर्ण स्थान रहँदै आएको छ । बाँसुरी नेवार संस्कृति, पहिचान परम्पराको अभिन्न अङ्ग भएकोले युवा पुस्तालाई तालिम दिएको हो ।
नेवा: देय दबु धरानद्वारा वैशाख ६ देखि सुरु भएको प्रशिक्षण बिहीबार सम्पन्न भयो । प्रशिक्षणमा धरानका ७ वर्ष देखि ३० वर्ष सम्मका ६० जना युवा सहभागी थिए । धरान–१६ हारती आजिमा मन्दिरमा सञ्चालन भएको तालिममा समीर अचार्जू प्रशिक्षक थिए ।
समापन समारोहमा प्रशिक्षार्थीहरुले बाँसुरी बजाउँदै नेवार धुन सुनाएका थिए । दबुका अध्यक्ष मनोहर शाक्यको सभापतित्वमा भएको समापनमा उनले बासुरीकोे धुनको महत्वको बारे प्रकाश परे । उनले भने ‘हामीले जोगाए मात्र संस्कार संस्कृति जोगिने भएकाले संरक्षण र सम्वद्र्धनका लागि प्रशिक्षण सञ्चालन गरिएको हो ।’
दबुका कोशी प्रदेश अध्यक्ष सिताराम श्रेष्ठ, कोशी प्रदेश सांसद यशोदा कायस्थ, सल्लाहकार मुकुल कायस्थ, नेवार एकता समाज अध्यक्ष महेश श्रेष्ठ, आदिवासी जनजाति धरान अध्यक्ष सुवास हुक्पाचोङवाङ लगायतको उपस्थिति थियो ।
basuri-1