धरानः प्राईम कलेजले विद्यार्थीहरूको सीप र दक्षतालाई प्रोत्साहित गर्न ३ दिने ‘फुड फेस्टिबल ’ आयोजना गर्ने भएको छ । 
फेस्टिभल धरान–१२ स्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजको परिसरमा  जेठ २९ देखी ३१ गते सम्म सञ्चालन हुने बुधवार पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
फेस्टिभल बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन हुने छ । फेस्टिबलमा ९ वटा स्टलहरू रहने कलेजका निर्देशक अनिल श्रेष्ठले बताए ।
उनका अनुसार व्यवसायीक रूपमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कलेजका विद्यार्थीहरूको सीप दक्षता, क्षमता अभिवृद्धिका लागि फेस्टिभल आयोजना गरिने भएको हो ।
महोत्सवमा विद्यार्थीहरूले तयार गरेका नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरू, रमाइला खेलहरू,पेय पदार्थहरू प्रस्तुत गरिने छ । । सोही अवसरमा पत्रकार र श्रमिकका सन्तानलाई छात्रवृत्ति पनि घोषणा गरिने निर्देशक श्रेष्ठले जानकारी दिए ।
सुनसरीका श्रमजीवी पत्रकारका २ जना सन्तानलाई ‘पत्रकार सन्तान कल्याण छात्रवृत्ति’ र श्रमिकका  छोराछोरीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान रिने शिक्षक अभिषेक श्रेष्ठले बताए । 
कलेजले आगामी शैक्षिक सत्रदेखि एडभान्स डिग्री इन कम्प्युटर आइटी युकेको एडेक्सेल मान्यता प्राप्त र स्कटल्यान्डको एसक्युए द्वारा मान्यता प्राप्त डिग्री इन कम्प्युटर प्रोग्राम शैक्षिक कार्यक्रम सुरु गर्ने बताइएको छ । 
कलेजमा प्लस टु हस्पिटालिटी पूरा गर्ने विद्यार्थीले ब्याच लर डिग्रीको पहिलो वर्ष बराबर मान्यता पाउने व्यवस्था पनि गरिएको निर्देशक श्रेष्ठले बताए  ।