धरान: धरानमा नयाँ फिटनेस सेन्टर बिपी प्रतिष्ठानको गेट अगाडी सञ्चालनमा आएको छ । युनिर्भस फिटनेस स्टुडियो फिटनेस सेन्टर शनिवार धरान–१८ का वडाध्यक्ष प्रवीण राईले उद्घाटन गरेका हुन ।
धरानका ४ जना युवाहरू मनिश लिम्बू, पबिता थापामगर, ओमबहादुर  खड्का, प्रान्त डुम्जनको १ करोड ५० लाख रुपयाको लगानीमा सुविधा सम्पन्न फिटनेस सेन्टर खुलेको बताइएको छ ।  
उद्घाटनको अवसरमा वडाध्यक्ष राईले फिटनेसमा युवाहरूको आकर्षण बढ्दो रहेको बेला नयाँ सुविधा सम्पन्न फिटनेस सेन्टर खुल्नु खुसीको कुरा भएको बताए ।
शारीरिक सङ्गठन सङ्घ कोशी प्रदेश अध्यक्ष आदित्य पराजुलीले जिममा युवा देखी वृद्ध सम्पूर्ण मानिसले दिनको एक घण्टा समय दिन आग्रह गरे । जिमले बडीविल्डीङ गर्ने भन्दा स्वास्थ्य तन्दुरुस्त बनाउने बताए । कार्यक्रम पविता थापा मगरको अध्यक्षतामा भएको थियो ।