पथरी : अस्थाइ कर्मचारीका माग पुरा नभए भदौ ३ र ४ गते देश भरका सार्वजनिक विद्यालय वन्दको घोषणा गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना माग पुरा गराउन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । देशभरका सामुदायिक बिद्यालयमा अस्थाइ नियुक्ती लिएर कार्यरत कर्मचारीहरुको संगठन नेपाल बिद्यालय कर्मचारी परिषद् आफ्ना विभिन्न मागहरु सहित लामो समय देखि आन्दोलनरत छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत साउन ३१ गते केन्द्रिय समितिले पेश गरेको ज्ञापन– पत्रमा स्थानिय स्तरका मागहरू समावेश गरि स्थानीय तहलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको पथरी शनिश्चरे नगर परिषदका नगर अध्यक्ष सुवास गौतमले वताए ।

त्यसैगरी आफ्ना मागहरु प्रती सरकार सकारात्मक नभए भाद्र ३ र ४ गते देशभरीका सामुदायिक बिद्यालय बन्द गर्ने र भाद्र ७ गते राजधानी केन्द्रीत शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष गौतमले जानकारी दिए ।

नेपाल बिद्यालय कर्मचारी परिषदले कार्यलय सहयोगीलाई नेपाल सरकारका श्रेणी विहिन कर्मचारीले पाउने सेवा सुबिधाको व्यवस्था गर्नु पर्ने, कार्यालय सहायकलाई प्राथमिक तहका शिक्षक र लेखापाललाई निम्न माध्यमिक तहका शिक्षक सरहको सेवा सुबिधाको व्यवस्था गरिनु पर्ने लगायतका मागहरु अघि सारेको छ । त्यसै गरि शिक्षा ऐनको नवौँ संसोधन कर्मचारी हित बिपरित रहेको भन्दै शिक्षा ऐनको संसोधनको माग पनि परिषदले गरेको छ ।

मोरङ्गको पथरीशनिश्चरे नगरपालिका भित्र मात्र २८ सामुदायिक बिद्यालयका ३८ जना कर्मचारीहरु कर्मचारी परिषदको नगर कार्यसमितिमा आवद्ध छन ।