झापा : प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना धान सुपरजोन वनियानि झापाले कृषकलाई चैते धान रोपे बापत प्रोत्साहन स्वरुप नगद सहयोग गरेको छ । नेपाल सरकारले विभिन्न वालीलाइ विशेष क्षेत्रको रुपमा देशका विभिन्न स्थानमा सुपरजोन, जोन, ब्लग तथा पकेट कार्यक्रम सञ्चालनमा ल्याए सँगै झापाको दक्षिणी क्षेत्र भद्रपुर नगरपालिकाका केहि क्षेत्र साथै कचनकवल गाउँपालिका क्षेत्रमा धानको सुपरजोन कार्यक्रम यतिवेला निक्कै रफ्तारमा अगाडि वढेको छ । यसै सन्दर्भमा कृषक मुखि कार्यक्रम अन्र्तगत प्रोत्साहन अनुदान बितरण कार्यक्रमलाई तिब्रता दिइएको छ । चैते धान जसलाई प्राविधिक भाषामा बोरो राइस भन्ने गरीन्छ । जुन धान चैतमा रोपेर असारमा काट्ने चलन छ, सो धान रोपे बापत प्रती कठ्ठा १ सय ८३ रुपैयाँ १० पैसा कृषकले अनुदान रकम प्राप्त गरेका छन । सुपरजोन कार्यान्वयन इकाइ झापाको सेवा क्षेत्र भित्र जम्मा ६ सय ६५ बिगाहा क्षेत्रफलमा चैते धान खेती गरेका कृषकलाइ कुल २४ लाख ५० हजार रकम वितरण गरीने परियोजना प्रमूख बरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिनु भयो । सुपरजोन कार्यान्वयन इकाइ झापा सँग आवद्ध भएका ९३ वटा समुह तथा सहकारी मध्ये चैते धान लगाएका ५३ समुह तथा सहकारीलाई यस प्रकृतीको प्रोत्साहन रकम वितरण गरिएको बरिष्ठ अधिकृत तिमल्सीनाले जानकारी दिनु भयो । साथै आगामी दिनमा धान खेतीमा कृषकलाई सहजता प्रदान गर्नका लागि विना ब्याजदरमा सापटी रकम उपलब्ध गराउने कार्यक्रमका लागि समेत छलफल भइरहेको जानकारी दिनु भयो ।