धरान । भारतको आसाम राज्यलाई केन्द्र बनाएर गएको भुकम्पको धक्का पुर्वी नेपालमा पनि महसुस गरिएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार तराईको पुर्वी जिल्लाहरुमा भुकम्पको धक्का महसुस गरिएको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार आसाममा ५ दशमलव ४ रेक्टर स्केलको भुकम्प गएको प्रारम्भिक रिपोर्ट आएको छ । नेपालमा भुकम्पको धक्का महसुस भएजस्तै भारतको अर्को छिमेकी मुलुक वंगलादेशको केही स्थापनपनि भुकम्पको धक्का महसुस भएको जनाइएको छ ।