धरान । अपहरण गरी बन्धक बनाइएकी इटहरीकी एक महिलालाई प्रहरीले सकुशल उद्दार गरेको छ । प्रदेश प्रहरी कार्यालय र मोरङ प्रहरी कार्यालयसँग समन्वय गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीले अपहरित महिलालाई सकुशल उद्दार गरेको हो ।

प्रहरीले महिलालाई अपहरण गरी बन्धन बनाउने सुन्दर हरैचा १ का ३८ बर्षीय मोहन पोखरेललाई पनि पक्राउ गरेको छ । जर्बजस्ती करणी मुद्दा(ज.ज.क.) मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । पोखरेल मुख्य योजनाकार तथा अपहरणकारी भएको प्रहरीको दाबी छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भदौ २६ गते मंगलबार इटहरीकी एक महिलालाई उनी कार्यरत खनारस्थित रिलायन्स धागो फ्याक्ट्री अगाडि गेट नजिकबाट अपहरण गरी लगेका थिए । जर्बजस्ती डर त्रास देखाई गाडीमा राखेर महिलालाई मोरंगको रंगेलीस्थित झोराहाट भन्ने स्थानतर्फ लगेको सुचनाको आधारमा प्रहरीले खोजी कार्य तीब्र बनाएको थियो । प्रहरीले २ दिन पछि ती महिलालाई रंगेली नगरपालिका २ झोदाहाटस्थित एउटा घरमा लुकाई राखेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले उद्दार गरेको जानकारी दिएको छ ।

 

मुख्य योजनाकार तथा अपहरणकारी

 

photo