काठमाण्डौं । देशभर बलात्कार र महिला हिंसाविरुद्ध आवाज उठिरहदा भिमढुंगाको एक होटलमा युवतीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ ।
उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित ३ जनालाई पक्राउसमेत गरिसकेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार २१ वर्षीया युवतीमाथि सोमबार भिमढुगंगाको एक होटलमा बलात्कार भएको थियो । घटनामा संलग्न होटल सञ्चालक रामकृृष्ण नगरकोटी र उनका साथीहरु नुवाकोट रालुकादेवी गाउँपालिका–९ घर भई कलंकी बस्ने ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका–८ मजुवा बस्ने ३३ वर्षीय सूर्य रानालाई प्रहरीले पक्राउ गरेको छ ।
नागार्जुन नगरपालिका–७ हसनटारकी पीडित महिलालाई उनीहरुले फकाएर लगेको र नगरकोटीले संचालन गरेको होटलमा जवरजस्ती करणी गरेको उजुरी परे प्रहरीमापरेको थियो । महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार युवती हराएको भन्ने सुचना आएपछि खोजतलासमा प्रहरी सक्रिय भएको थियो । प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नगरकोटीको होटलमा उनलाई फेला पारेको बताइएको छ ।