सुनसरी : भारतीय सटरद्धारा हत्या गरिएका सुनसरीको हरिनगरा २, भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई मन्त्रिपरिषद निर्णय अनुसार सरकारले १० लाख रुपैया हस्तान्तरण गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा वादलले आइतबार भुटाहास्थित मृतक अन्सारीको घरमा पुगेर उनको परिवारजनलाई १० लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । करिब १२ बजेतिर गृहमन्त्री थापाले खुर्सिदकी पत्नी खतिजा खातुनलाई उक्त चेक प्रदान गरेका थिए । खुर्सिदकी पत्नी खातुनको नाममा एभरेष्ट बैंक लिमिटेडको चेक बनेको थियो । यसैगरी, गृहमन्त्री थापाले खुर्सिदलाई शहीद घोषणा गरिएको प्रमाणपत्र पनि उनकी पत्नीलाई प्रदान गरेका थिए ।
असोज ४ गते बिहान करिब ११ बजेतिर दुई वटा मोटरसाइकलमा आएका भारतीय सुटरहरुले खुर्सिदको भुटाहा चोकमा गोली हानी हत्या गरेका थिए । हत्याराहरु मोटरसाइकलमा दक्षिणी सिमा हुदै भारततर्फ फरार भएपछि स्थानीयहरुले आन्दोलन चर्काएका थिए । घटनाले उग्ररुप लिएर हिंसा भट्किन नदिन सरकारले स्थानीयको माग अनुसार असोज ५ गते साँझ बसेको मन्त्रीपरिषद बैठकले खुर्सिदलाई शहीद घोषणा गर्ने र १० लाख रुपैया सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न गृहमन्त्री थापा आइतबार सुनसरी आएका हुन् ।

kapuri-Khursid

सरकारले खुर्सिद हत्याकाण्डबारे सिआइबीको टोली र उच्चस्तरीय छानबिन समिति गठन गरेर अनुसन्धान गरिरहेको छ । खुर्सिदको हत्यामा भारतीय सुरक्षाकर्मीकै संलग्तना रहेको आशंका पनि गरिदै आएको छ । भारतमा श्रृंखलावद्ध बम विष्फोट गराउने आतंकवादी समुहका लडाकुहरुलाई सुनसरीबाट नागरिकता दिलाउन सहयोग खेलेको भन्दै खुर्सिदको हत्या पछि भारतीय मिडियाहरुले नै लेखेका छन् । गृहमन्त्री थापाले अनुसन्धान भइरहेकोले हत्यारा चाडै पक्राउ हुने आश्वासन पनि दिएका छन् ।

Check 2