धरान: वडा दशैंको सातौं दिन(सप्तमी)मा आज धरानको प्रसिद्ध शक्तिपिठ दन्तकालीमा धुमधामका साथ फुलपाती बड्याई गरी भित्र्याइएको छ ।

दिउँसो करिब साढे १ बजेदेखि दन्तकालीबाट फुलपाती बड्याई शुरु भएको थियो । यसपाली नेपाली सेनाले मार्चपास र सलामी अर्पण गर्नुका साथै सशस्त्र प्रहरीको ब्याण्डबाजा टोली पनि सहभागी भएपछि विगतमा भन्दा धुमधामसँग फुलपाती बड्याई भयो । मन्दिरका पुजारी विश्वराज खनालका अनुसार यो भन्दा अघि माओवादी द्वन्दकालमा मात्र यसरी नेपाली सेनाले फुलपाती भित्र्याउदा सलामी दिएको थियो । ‘त्यतिबेला मन्दिरमा सुरक्षाको लागि सेना बसेको थियो, ३ बर्षसम्म सेनाले मार्चपास र सलामी दिएको थियो । त्यसपछि बन्द भएको थियो,’उनले भने । मोरङको याङसिलास्थित कालीशक्ति गणबाट सेनाको टोली आएको थियो भने इटहरीको पकलीस्थित १ नम्बर बाहिनीबाट सशस्त्र प्रहरीको ब्याण्ड बाजा टोली आएको थियो ।

aIMG_6224 copy

सेनाले हरेक बर्ष दन्तकालीमा नवपत्रिका चढाएर पुनः फुलपाती लगेर भित्र्याउने गर्छ । विगतका बर्षहरुमा सेनाको टोली आएर फुलपाती लिएर गएको सर्वसाधारणहरुले हम्मेसी थाह पाउदैनथे । यो बर्ष भने स्थानीयबासीहरुसँगै फुलपाती भित्र्याउन सेनाको टोलीले मार्चपास गर्यो भने सलामी पनि अर्पण गरेको थियो । मन्दिरका अर्का युवा पुजारी रवि खनालका अनुसार बिहान नित्य पुजा सकेर ब्रत बसेका ३ जना ब्रह्मण नवपत्रिका(नौं वटा पात) खोज्न गएका हुन्छन् । बोलीचालीको भाषामा उनीहरुलाई लाटो भनिन्छ । उनीहरुले भेला पारेको नवपत्रिका लिन डोलीको सरसामान पठाइएको हुन्छ, र उनीहरुले डोली तयार गरेर बसेका हुन्छन् ।

दिउँसो दन्तकालीबाट भित्र्याउन बड्याई गर्दै स्थानीयबासीहरुसहितको टोली लिन जान्छन्, र मन्दिरमा ल्याएर भित्र्याउछन् । त्यसैलाई फुलपाती भित्र्याउने भनिन्छ । दन्तकालीबाट विजयपुरचोक हुदै पिण्डेश्वर मन्दिर पुर्वमा ३ जना लाटोलाई भेटेर विधिपुर्वक पुजा गरी फुलपाती दन्तकाली ल्याइएको थियो । ‘सप्तमीमा भित्र्याइएको फुलपाती दशमीको दिन सेलाउछौ,’पुजारी खनालले भने । नेपालमा भएका शक्तिपिठहरुमध्ये दन्तकालीमा मात्र वैदिक र तान्त्रिक दुवै विधिबाट नित्य पुजा हुने गरेको उनले बताए । अरुतिर वैदिक वा तान्त्रिक मध्ये कुनै एक विधिले मात्र नित्य पुजा हुने गर्छ । फुलपातीको दिन बिहानै एउटा बोका बलि दिइएको थियो भने फुलपाती भित्र्याउने क्रममा पनि एउटा बोका बलि दिइएको थियो । घटस्थापनाको दिनदेखि सर्वसाधारणहरुलाई मन्दिरभित्र प्रवेश निषेध गरिएको हुन्छ ।

aIMG_6171

aIMG_6183

aIMG_6191 copy

aIMG_6199 copy

aIMG_6211 copy

aIMG_6203 copy

aIMG_6217 copy

aIMG_6221

aIMG_6229

aIMG_6243 copy

aIMG_6247

aIMG_6257 copy

aIMG_6265 copy

aUntitled-1 copy 1