धरानः जब म असोज २९ गते धरानको भानुचौकमा रहेको मेगा बैँक धरान शाखामा मेरो आमासंग सामाजिक सुरक्षा भत्ता थाप्न पुगे । मैले त्यहाँ एउटा हृदय बिदारक दर्दनाक अवस्था देँखे ।
न त चल्न नै सक्ने न त बस्न नै सक्ने । मात्र दुई आँखा टुलुटुलु चल्ने तर दृष्टिबिहिन, उनी थिइन दुर्गा माया भुजेल । त्यसदिन उनीलाई बिना टोकन नै भत्ता थाप्न मद्दत गरी पठाएपछि पनि मेरो मनमा खुल्दुली भैरह्यो, र म पुगे उनकै निवास धरान ६ पानवारीमा ।

उमेर र बैँश रहुन्जेल सबैलाई हेरचाह गर्नु पर्ने तर आफै असक्त भएपछि सबैको रमिता बनिनुपर्ने । आज यो तितो सत्य लागू भएको छ दुर्गामाया भुजेलको जीबनमा पनि । उमेरले ८० नाघिसकेकी उनी जीन्दगीको अन्तिम दिन कुरेर बसिरहेकिछिन । धरानको भानुचौकबाट करिब ६ किलोमिटर पूर्बमा पर्ने पानबारीको यथार्थ बिबरण हो यो । धरान उपमहानगरपालिका वडा नं ६ पानबारीको उखुबारी टोलमा बृद्धा दुर्गामाया बिगत ७ बर्षदेखि प्यारालाइसिस भएर थलिएकी छिन् । दिसा पिसाब आएको पनि थाहा नपाउने उनी बेसहारा जस्तै अवस्थामा छिन ।

44288477_1965555913483355_1311732889653608448_o copy
उनको जेठा छोरा बिष्णु भुजेल ५८ बर्षको भएपनि सानैबाट मानसिक सन्तुलन ठिक नभएको उनका बहिनी जानुकाले जानकारी दिइन् । मानसिक सन्तुलन ठिक नभएकै कारण उनको दाजु अविवाहित छन् । एक दाजु बिष्णु भुजेल र एक बहिनीसहित तीन जना सन्तान हो । बाबा सानैमा बितेकाले अनुहारसम्म पनि राम्रो याद नभएको जानुका बताउँछिन् । दाजुको मानसिक सन्तुलन ठिक नभएको कारण बृद्ध आमासँग झगडा गर्ने र बेपत्ता हुने गरेको जानुकाले बताइन् ।

आमासँग सम्पतिको नाममा शरीर ढाक्न लगाएको थोत्रो कपडा बाहेक केहि पनि नभएको कुरा जानुका बताउँछिन् । उनले भनिन,‘जन्म दिने आमा हो माया लाग्छ त्यसैले यहाँ ल्याएर राखेकी हुँ । योभन्दा पहिला खोलाको बगरमा बस्नुहुन्थ्यो, काम गर्न सकुन्जेल ।’ प्यारालाइसिस भएर ढलेपछि घरमा ल्याएर हेरबिचार गरिरहेको उनले बताइन् । जानुकाको श्रीमान् पनि क्यान्सर रोगले ७ बर्ष अगाडि बितेको हो । श्रीमान्को उपचार गर्दा भएको जग्गा जमिन पनि सकिएको उनले बताइन् । ‘धेरै ऋण लाग्यो । अहिले यो एउटा घडरी र सानो घर बाहेक केही छैन । मेरा दुई छोरी छन् । एक छोरा मलेसियामा छ,’उनले भनिन् ।

स्रोतः अडिल खम्बुको फेसबुक