धरानः हिन्दु धर्मावलम्बीहरुको वडा दशैको महत्वपुर्ण दिन विजयादमशीको उल्लास सबैतिर छाएको छ । बिहान ९ बजेर ५१ मिनेटमा टिकाको शुभसाइतमा आफ्ना मान्यजनहरुबाट टिका ग्रहण गर्न शुरु भएको थियो ।

विजयादमशीको उल्लास नेपालमा मात्र होइन, विदेशमा रहेका नेपालीहरुमा पनि उत्तिकै छ । विजयादशमीमा परिवारका ज्येष्ठ सदस्य एवं मान्यजनहरुबाट टिका ग्रहण गरेर आर्शिवाद लिने चलन छ । दशै हिन्दुहरुको मात्र भनिएपनि गैरहिन्दु आदिबासी जनजाति समुदायहरुले पनि रमाइलो गरी मनाउने गरेका छन् । अधिकांश आदिबासी जनजातिहरुले सेतो टिका लगाउछन् भने हिन्दु एवं क्षेत्री,ब्रह्मण, नेवारलगायत जातिले रातो अक्षताको टिका लगाउने गर्छन् । यद्यपी, दशै बहिष्कारको नारा पनि लागेको छ ।

दशैको बेला देश विदेशबाट विदा लिएर आउने आफ्ना घरपरिवारमा भेटघाट गर्न आउने चलन छ । साथीभाई, आफन्तजनहरुबीच भेटघाट गरी रमाइलो गरी दशै मनाउने गरिन्छ । असत्यमाथि सत्यको जित भएको प्रतिककोरुपमा पनि विजयादशमी मनाइन्छ । धार्मिकसँगै दशैको साँस्कृतिक, सामाजिक महत्व ठुलो छ ।

 

a44261280_10217263168680372_217188241231577088_n copy

a44387808_2274795682594570_4733736885761867776_n

a44298391_10217263169680397_2393066180018438144_n copy

aIMG_6316

 

 

a44271260_1970865926339436_2561695851713921024_o copy

IMG

IMG_1539929172444

 

IMG_1539929345538

IMG_1539929198556

IMG_1539929052477