विराटनगर: प्रदेश नं १ मा आज आइतबारदेखि अभियानकोरुपमा समुदाय-प्रहरी समझदारी कार्यक्रमको शुरुवात भएको छ ।

बिराटनगरस्थित आदर्श माविको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले यो कार्यक्रमको शुरुवात गरेको हो । उक्त कार्यक्रम तथा अभियानको एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले शुभारम्भ गरेका थिए । मुख्यमन्त्री राईले विकास र समृद्धि हासिल गर्न प्रदेश सरकार प्रतिवद्ध भएर लागिरहेको बताए ।

मुख्यमन्त्री राईले सुशासन र शान्ति कायम हुनसके मात्र विकास र समृद्धि आउन सक्ने धारणा राखेका थिए । जनताले पनि भ्रष्टचारमुक्त समाज र सुशासन कायम गर्न मुख्य भुमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो । समुदाय–प्रहरी साझेदारी कार्यक्रमले अपराध र हिंसा रोक्न मद्दत पुग्ने मुख्यमन्त्री राईले अपेक्षा व्यक्त गरे । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले समाजमा शान्ति सुरक्षा वलियो हुनेमा जोडदिए ।

43674841_1853896331374780_1770181289421307904_n copy

यस्तै, सामाजिक विकास मन्त्री जीवन घिमिरेले पनि प्रहरी र समुदाय अलग हुन नसक्ने भन्दै दुवै एकअर्काबीच समन्वय, सहयोग हुनसके मात्र समाजमा सुशासन, शान्ति कायम हुने बताए । प्रदेश प्रहरी प्रमुख एवं डिआइजी केदार रिजालले अपराधको समयमा नै पहिचान गरेर नियन्त्रण गर्ने उद्देश्यका साथ यो अभियान थालनी गरेको बताए । उनका अनुसार १ नम्बर प्रदेशको १ सय ३७ स्थानीय तहमा वडा र टोल समुह गठन गरिनेछ । यस्तै, नगरपालिका र गाउँपालिकास्तरमा पनि समिति निर्माण गरेर प्रहरी, समुदायबीच वलियो सम्बन्ध, सहकार्यको शुरुवात गरिने उनले बताए ।

44931433_1853896498041430_5317366118870941696_n copy