धरान : इलाका प्रहरी कार्यालय धरानले एक बालिकालाई करणी गरेको आरोपमा धरान १५ श्याम चोकका एक युवालाई पक्राउ गरेको छ ।
करणीको आरोपमा २५ बर्षीय मनिष राईलाई पक्राउ गरिएको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार एक १६ बर्षीय एक बालिकालाई ललाईफकाई धरान ७ स्थित परदेश होटलमा पुर्याएर आइतबार जर्बजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
पीडित भनिएकी बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी हुन् । आरोपितलाई पक्राउ गरेर अनुसन्धान भइरहेको डिएसपी तिम्सिनाले जानकारी दिए ।