इटहरी : इटहरीको मुख्य चौकमा आगलागी भएको छ । इटहरी ६ स्थित धरान लाईनमा रहेको सामसुङ कम्पनिको सप्तकोशी इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको हो । बन्द रहेको पसलमा आगोको मुस्लो देखिएपछि स्थानिय र दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी छ । दुई तलामाथि लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको बताइएको छ । धरान, ईटहरी, शुन्दरहरैचा, विराटनगरका बारुण यन्त्रद्वारा आगो नियन्त्रणको प्रयास भईरहेको छ । आगलागीका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरीएको छ ।