धरान: बिशेष गरी तराई मधेशका जिल्लाहरुमा सुर्यको आराधाना गरी ४ दिनसम्म धुमधामले मनाइने पर्व छठ धरानमा पनि मनाइएको छ ।
छठ पर्वको आज तेस्रो दिन साँझ अस्ताउँदो सुर्यको आराधाना, उपासना गरी अर्घ दिएर मनाइएको छ । धरानको सेउती र सर्दु खोलामा छठ पूजा गर्न बिशेष व्यवस्था गरिएको छ । छठ पूजा समिति गठन गरी दुवै खोलामा पूजास्थल निर्माण गरिएको छ । जहाँ आज(मंगलबार) साँझ अस्ताउदो सूर्यलाई अर्घ दिनेहरुको घुइचो लागेको थियो । भोली बिहान पनि उदाउँदो सूर्यको उपासना गरी अर्घ दिएपछि छठको विधिवत समापन हुन्छ ।


सामाजिक सद्भाव बढाउदै छठ

aIMG_6912

छठ पूजा नेपालको तराईका जिल्लाहरुमा धुमधामले मनाइन्छ । करिब डेढ दशकअघिसम्म तराई, मधेशका जनताहरुमा मात्र सिमित रहेको छठ पर्व अचेल भने सबैको साझा पर्वकोरुपमा विस्तार भइरहेको छ । तराईमा मात्र होइन, छठ पहाडी मुलका सघन बसोबास भएको इटहरी, धरान जस्ता सहरहरुमा पनि धुमधामले मनाइन्छ ।

छठमा कठोर ब्रत लिने र सूर्यको उपासना गर्नेहरुमा तराईका जनता मात्र छैनन्, पहाडी मुलका नेपालीहरु पनि छन् । जस्तो कि, धरान ५ की करुणा राईलाई नै उदाहरणको रुपमा लिउँ न । उनले छठमा ब्रत बस्न र सूर्यलाई अर्घ दिन थालेको ३ बर्ष बितिसकेको छ । उनी भन्छिन्,‘छठी माता सबैको साझा हो, सन्तान प्राप्तीको लागि शुरुमा ब्रत लिएको थिएँ, पुरा भयो र ३ बर्ष भयो ब्रत बस्न थालेको छ ।’

धरानको छठ पुजा समितिका सल्लाहकार एवं राजनीतिकर्मी गोर्वद्धन साह तराईमुलका जनताबाट छठ पूजा शुरु भएपनि अहिले सबैले मनाउन थालेकोमा खुशी व्यक्त गर्छन् । उनी भन्छन्,‘सबै जाति, वर्ग, समुदायका मानिसहरु एकैठाउँमा बसेर पूर्जा गर्छन्, यसले सामाजिक सद्भाव बढाइरहेको छ । यो खुशीको कुरा हो ।’

aIMG_6915

aIMG_6931 copy

aIMG_6930 copy

aIMG_6932 copy

aIMG_6941

aIMG_6935 copy

aIMG_6940

aIMG_6942

aIMG_6943 copy

aIMG_6951 copy

aIMG_6944 copy

aIMG_6954

aIMG_6956

aIMG_6964 copy

aIMG_6966 copy