इनरुवा:सुनसरीको कोशी गाउँपालिकाबाट सशस्त्र प्रहरीले एकै दिनमा कटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ गरेको छ ।

शनिबार दिउसो सशस्त्र प्रहरी बल हरिपुर र श्रीपुर बाट खटिएको सशस्त्र प्रहरीको टोलिले उनीहरूलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल हरिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्वको टोलीले भारत बिहार भिमनगर पन्चायत वार्ड नम्बर ४ बस्ने रन्जित कुमार मुखियालाई पक्राउ गरेको छ भने शनिबारनै चेकजाँचको क्रममा सशस्त्र प्रहरी बल श्रीपुरबाट सशस्त्र प्रहरी निरीक्षक निरन थापा नेतृत्वको टोलीले थप दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

श्रीपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलिले चेकजाँचको क्रममा कोशी गाउँपालीका ६ स्थित धत्ता टोलबाट १ थान कटुवा पेस्तोलसहित जिल्ला सुपौल भवानीपुर ७ बस्ने वर्ष १८ का विवेक यादव र मोटरसाइकल चालक सुपौल जिल्ला सीतापुर बस्ने १७ वर्षका सुमित कुमार गोहितलाई पक्राउ परेका हुन । पक्राउ परेका ३ जनालाई आवश्यक कर्वाहीको लागि जिल्ला प्रहरी कार्यालय इनरुवा बुझाएको सशस्त्र प्रहरीबल हरिपुर र श्रीपुरले जनाएको छ ।

46457832_1866947640070520_7993513043612925952_n copy

sstra-police copy