धरान:तीन दिनअघि पेस्तोलसहित धरान ८, तीनकुनेबाट पक्राउ परेका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार कार्तिक ३० गते दिउँसो करिब ४ बजेतिर सुनसरीको मधुवन ९ का ३५ बर्षीय श्यामदेव मण्डल पेस्तोलसहित पक्राउ परेका थिए । तीनकुने चेकपोष्टमा व्यक्ति एवं सवारी चेकजाँच गर्ने क्रममा धरानबाट इटहरीतर्फ स्कुटरमा जादै गरेका मण्डल हतियारसहित पक्राउ परेको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।

प्रहरीका अनुसार मण्डल को २८ प ७१८४ नम्बरको स्कुटरमा सवार थिए । उनले पछाडि ढाडकम्मरमा पेस्तोल लुकाएर बोकेको अवस्थामा फेला परेको थियो । डिएसपी तिम्सिनाका अनुसार मण्डलको साथबाट पेस्तोल नाल एक, लोड भएको एक राउण्ड गोलीसहितको म्याग्जिन १ थान वरामद भएको थियो । यस्तै, उनको पेन्टको बाँया गोजीमा खाली म्याग्जिन पनि एक थान वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका मण्डललाई सम्मानित अदालतबाट थुनामा राख्न अनुमति लिएर हातहतियार खरखजना मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

IMG_9584 copy