धरान/डेस्क: मोरङको उर्लाबारीमा भीषण आगलागी भएको छ । उर्लाबारी चोकदेखि करिब ५ सय मिटर दक्षिण वडा नं ७ स्थित वरगाछीमा आगलागी भएको छ । करिब पौने २ बजेतिर एउटा किराना पसलबाट आगलागी शुरु भएको उर्लाबारीस्थित प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगलागी नियन्त्रणको प्रयास जारी छ । आगो नियन्त्रण गर्न दमक, विर्तामोड, बेलबारी र इटहरीबाट दमकल आएर प्रयास भइरहेकोे उर्लाबारीस्थित प्रहरी सञ्चारले जानकारी दिएको छ । ‘उर्लाबारी चोकदेखि ५ मिटर दक्षिण वरगाछीमा आगो लागेको, एउटा किराना पसलबाट एक्कासी आगो लागेको देखिन्छ,’उर्लाबारी प्रहरी कार्यालयले भन्यो,‘नियन्त्रण प्रयास छ, कारण केही खुलेको छैन ।’

46479580_10218006296337891_6025756665800818688_o copy

तस्बिर स्रोत:  फेसबुक