धरान(डेस्क): उर्लाबारी नगरपालिका ७ स्थित वरगाछीमा मंगलबार दिउँसो लागेको आगलागीबाट एक करोड बराबर क्षति पुगेको पीडित परिवारले जनाएको छ ।

उर्लाबारी नगरमा दमकल नहुदा बढी क्षति हुन पुगेको प्रहरी तथा स्थानीयको भनाई छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाका अनुसार भक्तराज अधिकारीको किराना पसलसहित घर पुर्णरुपमा जलेर नष्ट भएको छ । इलेक्ट्रिक सर्ट भएर लागलागी भएर अधिकारीको पक्की घर जलेर पुर्णरुपमा नष्ट भएको प्रहरी निरीक्षक तिम्सिनाले जानकारी दिए । ‘घर, किराना पसलको सामान, २ तोला सुन, १२ हजार नगद पनि सबै जलेर नष्ट भएको परिवारको दाबी छ,’तिम्सिनाले भने,‘घरको ६० लाख र किरानाको सामान ४० लाख बढी भएको दाबीले एक करोड क्षति पुगेको भन्ने देखिन्छ ।’

46479580_10218006296337891_6025756665800818688_o copy

प्रहरी निरीक्षक तिम्सिनाका अनुसार उर्लाबारी नगरसँग दमकल भइदिएको भए यति ठुलो क्षति हुने थिएन । आगो नियन्त्रण गर्न दमक नगरबाट दमकल आउनु परेको थियो । त्यसपछि, गौरीगञ्ज, बेलबारी, इटहरीको दमकल पनि आएर आगो नियन्त्रणमा सहयोग पुगेकये उनले बताए । आगलागी करिब डेढ घण्टामा नियन्त्रणमा आएको थियो । आगलागीले अधिकारी परिवारको छिमेकी अर्जुन न्यौपानेको घरमा पनि १ लाख जतिको क्षति पुगेको छ ।

पत्रकारिता पृष्ठभुमी भएकी स्थानीय सरिता केसीले उर्लाबारीमा एउटा पनि दमकल नहुदा आगलागीबाट धेरै क्षति भएको टिप्पणी गरेकी छिन् । उनले दमकल अत्यावश्यक भएकोले प्राथमिकतामा राखेर काम गरी जनतालाई राहत महसुस दिलाउन पनि जनप्रतिनिधिलाई आग्रह गरेकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्,‘उर्लाबारीमा एउटासम्म दमकल भएको भए आज यति धेरै नोक्सान हुन्न थियो होला । अति आवश्यक कुरालाई पहिलो प्राथमिकता राखेर काम गर्नसके जनताले राहत महसुस गर्थे कि !’

46508685_2148096408840285_5640038932985937920_n copy

46493729_769217800125329_8585249843536986112_n 46482908_769217850125324_3147978137661341696_n 45315491_520665228399499_228625520097492992_o