इनरुवा : सुनसरीको भुटाहामा भएको खुर्शिद आलम हत्याको शैलीमा दुहबीको छाताबेलीमा फिदा हुसेनलाई सुटरले गोली हानी हत्या गरेको हो। आज बिहानै सुनसरीको दुहबी नगरपालिका वडा नं। ९, स्थित छाताबेलीका फिदा हुसेनलाई गोली हानी हत्या गरिएको छ ।

स्थानीयवासीहरूका अनुसार उनी आज बिहानै मर्निङ्ग वाकमा गएको बेला उनलाई दुई गोली प्रहार गरिएको थियो । अस्पताल लाँदै गर्दा बाटोमा उनको मृत्यु भएको छ । हत्याराको पत्ता लागेको छैन । प्रहरीले घटनाको अनुसन्धान र अपराधीको खोजी कार्यमा तिब्रता ल्याएको छ ।

मृतक फिदा हुसेन सोही वडाका वडाध्यक्ष मेहदी हुसेनका भाइ हुन् । बाईकमा सवार भएर आएका सुटरले चलाएको गोलीबाट इटा उघोगका सुपरभाईजर फिदा हुसेनको मृत्यु भएको हो।

जय बाबा इटा उघोग अगाडी बाईकमा सवार भएर आएका दुई जनाको अज्ञात समुहले गोली प्रहार गरेका थिए । हुसेन दुहबी नगरपालिका ९ का वडाध्यक्ष एव सुनसरी क्षेत्र नं। ३ का सभापति मेहेदी हुसेनका भाई हुन ।

घटनाको जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय दुहबीले अनुसन्धान शुरु गरेको छ । गोली प्रहार गर्ने समुहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ३ वटा गोलीका खोका बरामद गरिएको छ ।


46483214_491055908058138_3666579006108467200_n 46651917_1887928514637338_1398338173578248192_n 46492449_521575168325089_8886544651209670656_n