दुहबी : सुनसरीको दुहबीस्थित इँटा भट्टाका सुपरभाइजर मोहम्मद फिदा हुसेनको हत्या विरुद्ध स्थानीयबासी सडकमा उत्रिएका छन् । उनीहरुले हुसेनको शव गाडीमा राखेर विरोधमा दुहबी बजार परिक्रमा गराइरहेका छन् ।
महिला र पुरुष बराबरी ठुलो संख्यामा सडकमा निस्किएका छन् । उनीहरुले प्रहरी प्रशासन मुर्दावाद र गृहमन्त्री राजिनामा दे भन्ने चर्को नारा लगाइरहेका छन् । दुहबी बजार परिक्रमा पछि शव लिएर जिल्ला प्रशासन कार्यालय पनि पुग्ने आक्रोशित स्थानीयबासीहरुले बताएका छन् । यद्यपी, जिल्ला सदरमुकाम जाने नजाने प्रष्ट भइसकेको छैन ।
आज बिहान करिब साढे ५ बजेतिर जय बाबा इटा उद्योगका सुपरभाईजर हुसेनको गोली हानी हत्या भएको थियो । घटनाको विरोधमा दुहबी बजार, यातायात ठप्प छ । स्थानीयबासी सयौंको संख्यामा सडकमा उत्रिएका छन् ।

मुन्सिसहित आधा दर्जन समातिए

हुसेनको हत्यामा प्रहरीले सोही इटा उद्योगका मुन्सिसहित ७ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेहरुमा केही भारतीय पनि रहेको प्रहरीको भनाई छ । घटनास्थलमा रहेका एसपी राजन अधिकारीले सबै कोणबाट घटनाको अनुसन्धान गर्ने काम भइरहेको बताए । घटनास्थल, दुहबी, राजमार्ग क्षेत्रमा प्रहरी परिचालन गरेर सुरक्षा कडा बनाएको र सिआइबिलाई पनि अनुसन्धानमा सहयोग गर्न अनुरोध गरिएको उनले बताए ।

छलफल पनि जारी

सुनसरीका सिडिओ प्रेमप्रकाश उप्रेतीसहित राजनीतिक दलका नेता, सुरक्षा अधिकारी, सांसदहरुसहितको टोली र मृतकका आफन्तहरुबीच छलफल जारी छ ।
हत्या गरिएका व्यक्तिको घरमा सुनसरी क्षेत्र नम्वर २ का सांसद सीताराम मेहता,सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेती, पूर्व मन्त्री रामकुमार सुब्बा, नेपाली काँग्रेसका सुनसरी सभापती तथा प्रदेश १ का संसदीय दलका नेता राजिव कोइराला, प्रदेश सांसद लिलम बस्नेतसहितका नेताहरू यति बेला दुहवीमा रहेको मृतकको घरमा छन् ।

उनिहरूले हत्याबारे बुझ्ने प्रयास गरिरहेका छन् भने घटनामा संलग्नरहेकालाइ चाँडो पत्ता लगाउने बताइ रहेका छन् । यता व्यवसायी तथा स्थानियले भने हत्यामा संलग्नलाइ चाँडो पत्ता लगाउन माग गरिरहेका छन् । उनिहरूले प्रशासनले हेलचेक्राइ गरेको भन्दै सुनसरीमा मुस्लिम समुदाय असुरक्षित बनिरहेको गुनासो गरेका छन् । आफन्तहरूले गृहमन्त्री नआए सम्म लाश नउठाउने अड्ड कसिरहेका छन् । उनिहरूलाइ सम्झाउने काम जारी रहेको प्रदेश सांसद लिलम बस्नेतले जानकारी दिएका छन्

1 5 46508990_1907702869324890_1129388880575856640_n copy 3 4