सुनसरी:दुहबीमा गोली हानी हत्या गरिएका फिदा हुसेनका आफन्तजन एवं स्थानीयबासीले प्रधानमन्त्री समक्ष ५ बुँदे माग राखेका छन् ।

मृतकका आफन्त एवं स्थानीयबासीले प्रमुख जिल्ला अधिकारीमार्फत ५ बुँदे माग प्रधानमन्त्री समक्ष राखेका हुन् । स्थानीयको मागलाई जिल्ला प्रशासन कार्यालयले प्रधानमन्त्री कार्यालयमा पठाउने जनएको छ । घटना पछि दुहबी पुगेका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, प्रहरी प्रमुख राजन अधिकारी, सांसदलगायतसँग मृतकका आफन्तजन एवं स्थानीयहरुबीच वार्ता पनि भएको थियो ।

46638491_650393135355662_2855696860025192448_n copy

आफन्त एवं स्थानीयले २४ घण्टाभित्र अपराधीलाई पक्राउ गरी कानुनको दायरामा ल्याउनुपर्ने प्रधानमन्त्रीलाई बुझाएको पहिलो बुँदामा माग रहेको छ । यस्तै, पाँचौ बुँदामा देशभरि हत्या, हिंसा र बलात्कारको घटना श्रृंखलावद्धरुपमा भइरहेको र मुश्लिम समुदायका व्यक्तिहरुको पनि श्रृंखलावद्धरुपमा हत्या भइरहदा पनि वर्तमान सरकार मौन भएको भन्दै जनताको जीउधन सुरक्षा दिन नसक्ने गृहमन्त्रीले तत्काल राजिनामा दिनुपर्ने माग गरिएको छ ।

यसैगरि, प्रधानमन्त्रीसमक्ष पठाइएको मागमा मृतकलाई शहीद घोषणा गर्नुपर्ने, राज्यबाट प्राप्त हुने क्षतिपूर्ति तत्काल उपब्धल गराउनुपर्ने, मृतकको छोरालाई उनको ठाउँमा जागिर दिलाउनुपर्ने बुँदा पनि उल्लेख छ । मृतकका आफन्त एवं दुहबीबासीले फिदा हुसेनको शव दुहबी सडकमा राखेर शान्तिपुर्णरुपमा धर्नामा बसेका छन् । उनीहरुले सरकारले माग सम्बोधन नगरेसम्म निरन्तर शव सडकमा राख्ने बताएका छन् ।

46492364_549657588838738_6378595715295215616_n copy

आज बिहानै मर्निंग वाकमा निस्केको फिदा हुसेनको अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । करिब २ महिनाअघि सुनसरीकै भुटाहामा खुर्सिद आलमको हत्या गरेकै शैलीमा फिदाको पनि गोली हानेर हत्या गरिएको छ । घटनापछि दुहबी बजार र यातायात बन्द गरिएको छ भने सयौंको संख्यामा स्थानीयहरु सडकमा छन् । मृतक हुसेन दुहबीस्थित एक इटा उद्योगका सुपरभाइजर थिए । उनलाई ३ गोल प्रहार गरिए पनि २ गोली लागेको बताइएको छ । उनी विद्युत प्राधिकरणमा पनि जागिरे थिए ।

46525346_188930628710394_1913373690888716288_n copy