सुनसरी: आफ्नै जेठाजु र परिवार मिलेर चरम यातना एवं कुटपिटबाट पीडित सुनसरीको कोशी गाउँपालिका ८, भण्टाबारीकी एक महिलाले प्रहरीबाट न्याय नपाएपछि अदालत पुगेकी छिन् ।

गएका कार्तिक २४ गते स्थानीय बुचियादेवी खत्वे र पाहुना आएकी उनकी बहिनी मनिकामाथि जेठाजुका परिवारले निर्ममतापुर्वक कुटपिट एवं यातना दिएको थियो ।
पीडकलाई कारबाही र आफुलाई न्यायको लागि प्रहरीमा गएपनि निरन्तर मिल्न दबाब दिएपछि पीडित बुचियादेवी सिधै न्यायालयको शरणमा पुगेकी हुन् । स्थानीय मानवअधिकारकर्मी शिवेन्द्र कर्णको मद्दतमा पीडित महिलाले जिल्ला अदालत सुनसरीमा घरेलु हिंसा सम्बन्धी रिट निवेदन निवेदन दिएका हुन् ।

46493669_889865751218207_3493467514564771840_n copy

अधिकारकर्मी कर्णका अनुसार शुक्रबार साधारण पेशीबाट अदालतले पुष ४ गतेको तारिख दिएको छ । 'सिमा प्रहरी चौकी भण्डाबारीमा जादा प्रहरीले मिल्न दबाब दिएको दियै गर्यो । पीडित महिला नमिल्ने भनेर अदालत गएको हो,' अधिकारकर्मी कर्णले भने,'पीडितको श्रीमान् ३ बर्षदेखि विदेशमा छ । यो बीचमा पटक पटक जेठाजुको परिवारले चरम यातना, कुटपिट गरेको रहेछ ।' 
कार्तिक २४ गते पनि केटाकेटीको निहुँमा जेठाजु बेचन खत्वे, जेठानी सरस्वती खत्वे, सासु जमुना खत्वे, भतिजा तेज खत्वे र भतिजी सीता खत्वेसमेत मिलेर बुचियादेवी र उनकी बहिनीमाथि निर्ममतापुर्वक कुटपिट र यातना दिएका थिए ।

प्रहरीबाट पनि न्याय नपाएपछि पीडित परिवारले मानवअधिकारकर्मी शिवेन्द्र कर्णलाई गुहारेर आफुहरुमाथि भएको कुटपिटको भिडियो र विवरण मंसिर ४ गते सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । कर्णले पीडित महिलालाई न्याय दिलाउन आह्वान गर्दै स्वीकृति लिएर नै भिडियो सार्वजनिक गरेका थिए ।

46496183_2710597989165348_6983582901644296192_n copy

46634475_1395475477259222_4138320329657286656_n copy