धरान : चर्चित गायिका तथा आनी छोइङ डोल्माले डाक्टर, नर्सहरुलाई भगवानको राजदुतको संज्ञा दिदै करुणा भाव राखेर विरामीहरुको उपचार गर्न आग्रह गरेकी छिन् । उनले दुधमा चिनी घुले जस्तै मानव जीवनमा करुणा भाव घुल्न सके मात्र जीवनमा सुख, खुशी पाउने बताइन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शनिबार सम्पन्न सिम्पोजिम टक शोको चौथो श्रृंखलामा आनी छोइङले डाक्टरहरुलाई भनिन्,‘तपाईहरु भगवानको दुत हुनुहुन्छ । भगवानै त हुनसकिदैन तर भगवान पछि मान्छेले सम्झने भनेको तपाईहरुलाई नै हो । जो तपाईहरुको शरणमा आफ्नो सारा रोगव्याधीबाट मुक्ति पाउछु भनेर आएको हुन्छ ।’

bp news 2

बिपी प्रतिष्ठानस्थित परिक्रमा विद्यार्थी परिवार र जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीद्धारा आयोजित कार्यक्रममा आनी छोइङद्धारा व्यक्त मन्तव्यको सम्पादित अंश :

      "तपाईहरु(डाक्टर, नर्स) भगवानको दुत हुनुहुन्छ । भगवानै त हुनसकिदैन तर भगवानपछि मान्छेले सम्झने तपाईहरुलाई नै हो । म पुरातनवादी आनीको सोचभन्दा फरक छुँ । समाजले सोच्ने आनी भन्दा फरक छ मेरो भुमिका । सबैभन्दा ठुलो धर्म मानव धर्म हो । मान्छेले पीडा, दुःख नचाहेको कुरा हो भने सुख, शान्ति सबैले चाहेको कुरा हो । त्यसैको लागि ज्ञान, पैसा आर्जन गछौ हामी ।
तर, जीवनको सार के हो त रु त्यो हो करुणा । मान्छे यो गर्छु, त्यो गर्छु भन्दा पनि जति बाँच्छु सार्थक जीवन बाँच्छु भनेर अघि बढ्यो भने सफल हुन्छ । त्यसको लागि न धनी हुनुपर्छ, न ठुलो पद, विद्धान वा शक्तिशाली हुनुपर्छ । मात्र जीवनमा करुणा भए पुग्छ । दुधमा चिनी घोलेजस्तै जीवनमा करुणा घोल्नुपर्छ,तब खुशी छाउछ । तपाईहरु जुन पेशामा लाग्दै हुनुहुन्छ, हिजोआज अलिअलि दाग लाग्दैछ । तपाईहरुले त्यता ध्यान दिनुस् । जो तपाईहरुको शरणमा आएको हुन्छ, आफ्नो रोग, व्याधिबाट मुक्ति पाउछु भनेर, उहाँहरुलाई करुणाको साथ ग्रहण गर्नुस् । धेरै पैसा आर्जन गर्ने उद्देश्यका साथ हस्पिटल खडा गरेकय हुन्छन्, अचेल । मेडिकल फिल्डमा रोल मोडलको आवश्यकता छ ।
तपाईहरुको शरणमा आएकालाई झन् पीडा दिदा के अवस्था होला रु आफै सम्झनुस् । धनीमनिहरु विदेश गइहाल्छ । तपाई, हामीमा आउने आर्थिकरुपमा कमजोर भएकोहरु नै हो । कहाँ जाने, के गर्ने थाहै नभएकाहरु आउछन् । त्यसैले करुणा भरेर मिठो बोलेर सेवा गर्दिनुस् ।
जीवनमा दबाब आउछ, गाडी चढ्नै पर्छ, चिटिक्क लुगा लगाउनै पर्छ, छोराछोरी पढाउनै पर्छ । तर, म भन्छु जीवनमा पुष्य कमाउनुस्, एकचित्त भएर व्यवहारले पुष्य कमाउनु भयो भने ती सब चिज आफै आउछ । साँच्चै सुखको स्वाद लिने हो भने जति शक्तिशाली पदमा होस्, कलाकार होस, तपाईले पुष्य कमाउनु भएन भने मनमा सुख, शान्ति र चैन हुदैन । धन सम्पत्ति मनग्ये कमाएको घर परिवारलाई हेर्नुस्, मनमुटाव मारामार हुन्छ । त्यो सब धनले ल्याएको श्राप हो, त्यसैले धनसँगै पुष्य पनि कमाउनुस् ।
साच्चै जीवन अनुभूति गराउने, मिठो स्वाद दिने भनेको करुणा मात्र हो । सिम्पल कमन सेन्स करुणा हो । म त्यसैलाई आत्मसात गर्दै हरेक सोच, व्यावहार, बोलीमा घुल्ने प्रयास गर्छु । जीवनको मुल मन्त्र करुणा हो, त्यसको लागि धनी, शक्तिशाली हुनुपदैन । अनि, अन्त्यमा मेरो आग्रह छ, आफ्नो आमा बुबालाई माया गर्न नछोड्नुस् । मायाले अंगालो मार्न, म्वाइ खानुस्, बरु गलफ्रेण्ड र ब्वाइफ्रेण्डलाई गिफ्ट कम दिनुस्, र आमा बुबालाई दिनुस् ।
धन्यवाद "

फूलको आँखामा, फूलै संसार..
काडाको आँखामा काडै संसार...."