धरान: ‘लैगिंक हिंसा अन्त्यका लागि सबै जुटौ, कोही नछुटौ’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान धरानमा पनि शुरु भएको छ ।

सुनसरी उद्योग वाणिज्य संघमा एक समारोहबीच प्रमुख अतिथि एवं १ नं प्रदेशसभा सदस्य सावित्री जोशीले अभियानको उद्घाटन गरेकी थिइन् । महिला संजाल धरान उपमहानर समितिको अयोजना तथा धरान उपमहानगरपालिकाको सहयोग र सहकार्य एवं ईलाका प्रहरी कार्यालयको समन्वयमा अभियानको शुरुवात भएको हो । प्रमुख अतिथि जोशीले सम्पत्ति र दम्पत्तिमा समान अधिकार राज्यले दिएपनि व्यावहारमा लागु हुन नसकेको धारणा व्यक्त गरिन् । पुरुषको अधिकार हनन् गरेर महिलाले आफनो अधिकार स्थापित गर्न खोजेको नभई समानता र समान तरिकाले महिला अगाडि बढ्न चाहेको उनले बताइन् । ‘निर्णायक तहमा हामी छौं, नीतिगतरुपमा के कस्ता सवाल उठाउनुपर्छ, हामी सदनमा उठाउछौ,’सांसद जोशीले भनिन्,‘महिला हिंसाको लागि सबै एकजुट भएर अघि बढ्नुपर्छ ।’

46523446_2244736585560768_8359511069743382528_n copy

धरान उपमहानगरकय कार्यवाहक प्रमुख नरेश ईवारमले लक्षित वर्गको बजेटमा महिला लक्षित बजेट यो वर्ष ७३ लाख छुटाईएको उल्लेख गर्दै महिला हिंसा अन्त्य गर्नका लागि वडा, नगरस्तर योजनाहरु आएमा आगामी वर्ष नगरको वार्षिक कार्यक्रममा राख्न सकिने बताए । देशभरकय ७ सय ५३ तहमा महिला न्यायाधिस रहेको उल्लेख गर्दै उनले राज्यको प्रमुख तहहरुमा पनि महिलाको उपस्थिति हुनुआवश्यक रहेको बताए ।

महिला संजालकी संरक्षक मिना पुलामीले महिला हिंसाका घटनाहरु घरबाट नै शुरु हुने बताउदै दोषीलाई प्रहरी प्रशासनले सजगताका साथ कानुनी कार्वाहिमा ल्याउन पहल गर्न आग्रह गरे । कार्यक्रममा अतिथि ईलाका प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक मेदनीप्रसाद शाह, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साह, वरिष्ठ सामाजिक विकास महाशाखाका अधिकृत गणेशप्रसाद खतिवडा, महिला विकास अधिकृत राजकुमारी राई, वन तथा वातावरण अधृकत भेषराज पोख्रेल, प्रशासकीय अधिकृत दिवस अधिकारीलगायत जनप्रतिनिधिहरु बाक्लो उपस्थित रहेको थियो । कार्यक्रममा स्वागत मन्त्व्य उपाध्यक्ष सपना राईले गरेकी थिइन् भने कार्यक्रम माथि वरिष्ठ सामाजिक विकास महाशाका अधिकृत गणेश प्रसाद खतिवडाले प्रकाश पारेका थिए ।


अभियानमा के के हुन्छ धरानमा ?

46655059_356623945086608_7594110325222277120_n copy

१६ दिने अभियानमा सञ्जाल र यसमा आवद्ध संस्थाहरु मात्र होइन, नेपाल प्रहरी, उपमहानगरपालिका, टोलविकास संस्थाहरु र जनप्रतिनिधिहरु पनि सँगसँगै कार्यक्रम गर्नेछ । मंसिर ९ गते अभियानको उद्घाटन हुने अभियानले १० गतेदेखि २३ गतेसम्म २० वटा वडा समिति, १५२ वटा टोल विकास समितिहरुमा महिला हिंसा न्युनिकरणको लागि गरिएका प्रयास बिषयक अन्र्तक्रिया आयोजना हुने अध्यक्ष सविता राईले बताइन् ।

धरानको निकेतन, पब्लिक, सदन, ज्ञानोदय उच्च मावि, सियोन र विष्णु मेमोरियल उच्चमाविमा पनि इलाका प्रहरी कार्यालयसँग मिलेर लागुऔषध तथा यौन दुव्र्यवहार अनुशिक्षण हुनेछ । यस्तै, मंसिर १५ गते समपर्ण अभियानका युवाहरुले भानुचोकमा चिया बिक्री गरेर सहयोग रकम जुटाउने र ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम पनि रहेको छ । महिला हिंसाविरुद्ध मिडियासँग अन्तरसंवाद कार्यक्रम पनि आयोजना गरिने र मंसिर २४ गते महिला हिंसाविरुद्ध मेरो ऐक्यवद्धताको प्रतिवद्धतासहित अभियानको समापन हुने आयोजकले जनाएको छ । अभियानकै बीचमा मंसिर १५ गते विश्व एड्स दिवस, १७ गते अन्र्तराष्ट्रिय अपांग दिवस र २४ गते अन्र्तराष्ट्रिय मानवअधिकार दिवस पनि रहेको छ ।