पथरी: त्रिभुवन शिक्षण अस्पतालको रेस्पी वार्डको ७१५ नम्वर वेडमा मोरङ्ग पथरीशनिश्चरेका रामप्रसाद पोखरेल करिव एक महिना अघिबाट उपचाररत छन् ।

स्क्रब टाइफस रोगले थलिएका पोखरेल विभिन्न अस्पतालको वेड हुदै काठमाण्डांैमा उपचार गर्न पुगेका हुन् । काठमाडौमा टेक्सी चलाउदै आएका पोखरेल भदौमा विरामी परेका थिए । विदेशबाट आएका नेपालीलाई टेक्सीमै बुटवल र पाल्पा पु¥याएर काठमाडौ ल्याए पछि उनी विरामी भएका थिए ।

काठमाडौको गंगवुमा टेक्सी चलाएर ४ जना परिवारको जीविकोपार्जन गर्दै आएका पोखरेल विरामी भएपछि शुरुमा ग्राण्डी अस्पताल लगिएको थियो । त्यहाँ १४ दिन भेन्टीलेटर उपचार गरिएपछि पोखरेलको स्वास्थ्यमा सुधार भएन । ‘ग्रेण्डीमै उपचार गर्ने आर्थिक हैसियत पुगेन अनि त्रिभुवन शिक्षण अस्पतालमा उपचार सुरु गरियो,’ उनकी श्रीमति चन्द्राले भनिन् ।

पहिला नै सरकारी अस्पतालमा उपचारका लागि प्रयास गरिए पनि काठमाडौका अस्पतालमा भेन्टीलेटर ग्राण्डीमा मात्र उपलव्ध भएपछि उनको उपचार त्यहि थालियो । १४ दिन उपचार गर्दा उनको उपचारका लागी मात्र १२ लाख बढी खर्च भैसकेको थियो । उपचारकै लागी साथीभाइ र आफन्तले आर्थिक सहयोग गरेपनि त्यो प्रयाप्त भएन । पछि त्रिभुवन शिक्षण अस्पतालमा उनको उपचार थालियो । सुरुवातमा न्युमोनियाको जस्तो लक्षण देखिएपनि उनको रोगको पहिचान स्क्रब टाइफस भन्ने प्रमाणित भयो ।

त्रिभुवन शिक्षण अस्पतालमा करिब २८ दिन उपचार गरेपछि हाल चिकित्सकले पोखरेललाई वार्डमा सारेर उपचार गरिरहेका छन् । रोजगारीका लागी कतार र साउदी अरेवियामा पनि उनी गएका थिए । एक दशकसम्म खाडीमा गरेको रोजगारीबाट वचेको पैसाले टेक्सी किनेर उनले चलाउदै आएका थिए । नेपालमै स्वारोजगार बनेका उनका साना छोराछोरी छन् । ट्याक्सी चलाउन थालेपछि काठमाडौका गेष्टहाउसको सम्पर्कमा आउने नेपालीका लागि लामो यात्रामा उनी जाने गर्थे ।

उपचारमा हालसम्म ३० लाख भन्दा बढी खर्च भैसकेको उनको परिवारले जानकारी दिएको छ । ‘अहिलेसम्म त सबै ऋण छ, कसरी पछि यत्रो पैसा तिर्ने भन्ने छ,’ उनकी श्रीमती चन्द्राले भनिन । केही विदेशमै बसेका र नेपाल भित्रका साथीहरुले आर्थिक सहयोग गरेका छन् तर त्यसले उपचार गर्न पुगेन । ‘अझै कति दिन अस्पतालको वेडमा वस्नु पर्ने हो,’चन्द्राले भनिन । सुरुवातमा उनको स्वास फेर्न र खाना खान चिकित्सकले उनको घाटीमा प्वाल वनाएर उपचार गरेका थिए । अहिले पोखरेलले मुखै वाट खाना खान सक्ने भएका छन् । लामो समयसम्म अस्पतालमा उपचारारत पोखरेलको उपचारका लागि हामीले सहयोग गर्न सक्छौ कि ?