धरान: समाजसेवाको नाममा कतै सहयोग गर्नुछ भने चन्दा संकलन गर्ने चलन छ । यसरी अरुसँग चन्दा उठाएको पैसाले सहयोग गरेर आफु महान् समाजसेवी भएको हल्ला गर्ने संस्थाहरु अनगिन्ती छ ।

शनिबार धरानका युवाहरुले भने सामाजिक कार्यमा नयाँ उदाहरण प्रस्तुत गरेका छन् । अहिले सबैतिर लैगिक हिंसा विरुद्ध १६ दिने अभियान चलिरहेको छ । त्यही अभियानअन्र्तगत समर्पण अभियान नेपालआवद्ध धरानमा विभिन्न कलेजमा अध्ययनरत युवाहरुले रचनात्मक कार्य गरेर सहयोग जुटाए । उनीहरुले मुलघाटस्थित विश्रान्ति मन्दिरमा रहेका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम बनाएका थिए । यसको लागि उनीहरुलाई पैसाको खाँचो थियो । उनीहरुले चिया बेचेर सहयोग जुटाउने योजना बनाए । उक्त योजनालाई १६ दिने अभियान आयोजना गरिरहेको महिला सञ्जाल, धरान उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय सबैले साथ दिए ।

aaIMG_20181201_150140 copy

शनिबार समर्पण अभियानका युवाहरुले भानुचोकमा चिया र सेलरोटी बेचेर आर्थिक सहयोग जुटाए । उनीहरुले पनि सहयोग नै उठाएका हुन्, तर सित्तैमा होइन । सर्वसाधारणहरुलाई चियापान कार्यक्रमको उद्देश्यबारे बताउथे । चिया र सेलरोटी किनेर खानेहरुले डोनेशन बाकसमा आफ्नो इच्छा अनुसार पैसा लगाइदिन्थे । यसरी शनिबार दिउँसो करिब २ बजेपछि चिया, सेलरोटी बेचेर युवाहरुले २३ हजार २ सय ५० रुपैया संकलन गर्न सफल भए । ‘लैगिक हिंसाविरुद्धको १६ दिने अभियानकै एउटा कार्यक्रम हो, हामीले ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्ने योजना बनाएका छौ,’समर्पणका अध्यक्ष युनेश भण्डारीले भने,‘युवाहरुले रचनात्मक कार्य गरेर सामाजिक काम गर्नुपर्छ भन्ने सन्देश पनि दिएका हौ ।’

महिला सञ्जालकी अध्यक्ष सविता राईले सित्तैमा चन्दा उठाएर समाजसेवा गर्नुभन्दा सृर्जनशील तरिकाले केही दिएर सहयोग जुटाउन सकिन्छ भन्ने उदाहरण युवाहरुले प्रस्तुत गरेको बताइन् । उनले भनिन्,‘सामाजिक काम गर्न मेहनत गरेर, केही दिएर पनि आर्थिक संकलन गर्न सकिन्छ भन्ने सन्देश गएको छ । युवाहरुको सह्रानीय कार्य हो ।’ युवाहरुलाई अग्र्यानिक खेतीका अभियन्ता एवं युवा कृषक कृष्ण राईले चिया बनाउनको लागि १० लिटर दुध सहयोग गरेका थिए भने महिला सञ्जालले पनि २ हजार सहयोग गर्ने भएको छ ।

aaIMG_20181201_150100

aaIMG_20181201_150117

aaIMG_20181201_150108 copy

aaIMG_20181201_150230

aaIMG_20181201_151132

aaIMG_20181201_151916