इनरुवा:बलात्कार गरी हत्या गरिएकी निर्मला पन्त, सुनसरीकै खुर्शिद आलम र फिदा हुसेनको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै नेपाल तरुण दल सुनसरीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

सदरमुकाम इनरुवाको बिहीबारे हाटस्थित नेपाली कांग्रेस पार्टी कार्यालयबाट र्यालीसमेत निकालेर जिल्ला प्रशासन कार्यालय पुगेको तरुण दलले प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । तरुण दलका सभापति सिजन गुरुङको नेतृत्वमा गएको टोलीले प्रजिअ उप्रेतीलाई ५ बुदे ज्ञापनपत्र बुझाएका थिए ।

कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले मुलुककमा बढ्दै गएको बलात्कार, हत्या–हिंसा, महँगी, भ्रष्टाचार नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । कञ्चनपुरकी निर्मला पन्तले न्याय पाउनुपर्ने, खुर्शिद आलम र फिदा हुसेनको हत्यारा पता लगाई कानुनी कर्वाही गरिनुपर्ने माग राखेर तरुण दलले ज्ञापन पत्र बुझाएको सभापति गुरुङले बताए ।

47325035_549262422152274_8545025108282966016_n copy 47326513_2165564020173449_8876921386140958720_n copy