पथरी: मोरङको पथरीशनिश्चरे ४ र ६ नम्वर वडाको सिमानामा पर्ने पिप्ले खोलामा बन्ने पक्की पुलको शिलान्यास भएको छ ।

कुशलचौकबाट डीआइजी मोडहुँदै भातेगौंडा जोड्ने सडक भत्केर धराप रहेको पुलको ठाउँमा नगरपालिका मार्फत निर्माण हुने नयाँ पुलको मंगलबार शिलान्यास भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङ, ४ नम्वर वडाध्यक्ष गोविन्दवहादुर भण्डारीसहितले पुलको शिलान्यास गरेका थिए । पुलको लम्बाई ९ दशमलव ३५ मिटर र ५ दशमलव ५ मिटर चौडाई हुनेछ । पथरी शनिश्चरे १० स्थित जयभवानी निर्माण सेवाले भ्याट बाहेक २२ लाख ३४ हजार २ सय १३ रुपैयाँमा पुल निर्माणको ठेक्का पाएको छ ।