इटहरी: इटहरी उपमहानगरपालिका २ स्थित सगरमाथा मार्गमा कालोपत्रे गर्ने कार्य शुभारम्भ गरिएको छ । प्रदेश सांसद सर्वध्वज साँवा र इटहरीका मेयर द्धारिकलाल चौधरीले कालोपत्रे गर्ने कार्यको बिहिबार शुभारम्भ गरेका छन् । प्रदेश सरकारवाट प्राप्त विशेष कोषको १ करोड ३० लाख रकमबाट एक किलोमिटर बाटो कालोपत्रे गर्ने योजना हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद सर्वध्वज साँवाले प्रदेश सरकारले गतिलिन थालेको बताए । उनले पाँच दिनको अवधिमा २ अरव ५ करोड रकम प्रदेश सरकारले प्रदेश नम्वर १ का स्थानीय तहहरुमा पठाएको पनि जानकारी दिए । कार्यक्रममा इटहरीका मेयर द्धारिकलाल चौधरीले दुई बर्ष भित्रमा पाँच किलोमिटर बाटो कालोपत्रे गरिसक्ने प्रतिवद्धता जनाए । वरगाँछीबाट तालतलैया जोडने यो बाटो पाँच किलोमिटर छ ।